सलामी काण्डपछि नेताहरूकाे माेह ‘माला’मा

कार्तिक २२, सल्यान । केहि महिनाअघि सलामी अर्पण गर्ने नेताहरूका तस्बिर भाइरल भए । धनकुटाको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले टेबुलमा खाएको सलामीको तस्बिरलाइ मानिहरूले फाेटाेसपबाट बाँसकाे लामाे डण्डीमा माथी उचाली व्यांग्यात्मक सलामी बनाएर भाइरल बनाए ।

त्यसपछि सलामी लिने अन्य नेताहरूका पनि फाेटाहरू भाइरल भए । व्यापक समाचार आए । अहिले ती नेताहरू सलामी लिन लाज मान्छन् । र अहिले सलामी लिएका खबरहरू सुनिदैनन् ।

याे पनि पढ्नुहाेस्ः यी हुन सल्यानमा सलामी लिने नेताहरु ?

सलामी लिन लाज मान्ने नेताहरूकाे अहिले माला लगाउनमा भने माेह बढेकाे छ । आयाेजकहरूले नेतालाइ बाेलाउने र घाँटिभरी माला लगाइदिने गर्दछन् । माला भनेकाे एउटा सम्मान र स्वागतकाे लागि लगाइन्छ । तर गाउँभरी नै उर्दी जारि गरेर शरिरले धान्न नसक्नेगरी माला लगाउनु भने राम्राे हैन् ।

माला सम्मानका लागी लगाइन्छ र एकदुइ वटा लगाउनु पर्छ । पछिल्ला वर्षयता नेपालमा किलाेकाे रूपमा जाेखेरै माला लगाउने चलन बढेकाे छ । कार्यक्रम अवधिभर लगाएर उक्त माला पछि फालिन्छ ।

याे प्रवृत्ति सल्यानमा पनि देखिएकाे छ । बुधबार दार्मा गाउँपालिकाले आयाेजना गरेकाे बिजुली बत्ती उद्घाटन कार्यक्रममा उर्जा, जलस्राेत तथा सिचाँइ मन्त्री वर्षमान पुन आए । उनकाे सम्मानकाे लागी थुप्रै मालाहरू लगाएकाे देखियाे ।

याे पनि पढ्नुहाेस्ः सल्यानमा मन्त्रीलाई स्वागत गर्न सडकमा लाइन (फाेटाे फिचर)

भेरि करिडाेर हुँदै  सुरुमा सल्लीबजारबाट आएका उनलाइ बाटैभरी थुप्रै माला लगाएकाे देखियाे । उनिसँगै रहेका सल्यान जिल्लाका नेताहरूले पनि मालाकाे माेह लिए । जुन मालाले पुरै गर्धन ढाक्याे ।

देश गणतन्त्रमा गइसकेपनि नेताहरूले आफूलाई राजाकै प्रतिनिधिका रुपमा हेर्ने गरेकाले यस्तो संस्कृतिले प्राथमिकता पाएको बुझिन्छ । मानवअधिकारकर्मी दिपेन्द्र शाही भन्छन्, ‘माला सम्मानकाे लागी एउटा जति लगाउने हाे, तर अहिले त संस्कार जस्तै बनाएर शरिरले धान्नै नसक्नेगरी लगाउने चलन बढ्दै छ ।’ सलामी अर्पण हटेजस्तै याे माला लगाउने संस्कार पनि हट्नुपर्ने उनकाे भनाइ छ ।

ठुला माला लगाउने ठुला नेताहरू

माथि उल्लेखित सल्यानकाे एउटा प्रतिनिधिमूलक उदाहरण मात्रै हाे । देशमा यसअघि याे भन्दा थुप्रै ठुला माला लगाउने नेताहरूका समाचारहरू आइसकेका छन् ।

समाचार अनुसार गएकाे फागुनमा बाराको सिमरा पुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई स्थानीय कांग्रेस नेताले एक सय ५१ किलोको माला लगाइदिए । उक्त माला ३५ हजार रुपैयाँको भएको आयोजक पक्षले जनायाे । देउवालाई २०७१ मंसिरमा कैलाली उद्योग वाणिज्य महासंघले पनि १८ किलोको माला लगाइदिएर सम्मान गरेको थियो।

वर्तमान प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पनि यो संस्कृतिबाट मुक्त छैनन्। उनलाई पहिलोपटक प्रधानमन्त्री हुँदा २०७२ असोज २६ मा बालकोटस्थित निजी निवासमा ६४ किलोको मालाले स्वागत गरिएको थियो।

त्यसैगरी २०७३ मा प्रधानमन्त्री हुँदा राैतहट पुगेका पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई  एक सय २५ किलो मालाले स्वागत गरिएको थियाे । रौतहटको जिगडवामा आयोजना गरिएको कवि सम्मेलनमा पुगेका प्रधानमन्त्री प्रचण्डलाई एक सय २५ किलोको माला लगाएर स्वागत गरिएको हो।

नेकपा नेता झलनाथ खनाललाई पनि प्रधानमन्त्रीका रूपमा दाङ जाँदा ४१ किलोको मालाबाट सम्मानित गरिएको थियो। त्यस्तै राजपाका नेता राजेन्द्र महतोलाई पनि २६ पुस ०७३ मा वीरगन्जमा १०१ किलोको मालाले सम्मान गरिएको थियो।

जेलबाट छुटेर गृह जिल्ला कालिकाेट पुगेका प्ररतिबन्धीत नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाइ पनि स्थानीयले ५० किलाेकाे माला लगाएका थिए ।

गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामवरण यादवलाई तत्कालीन समयमा वीरेन्द्रनगर जाँदा २१ किलोको मालाले स्वागत गरिएको थियो।  माला लगाउनमा काँग्रेस नेता शसांक काेइराला पनि कम छैनन् । गएकाे फागुनमा कोइराला परिवारका तीन नेतालाई १२१ किलोको एउटै मालाले स्वागत गरिएको छ। गिरिजाप्रसाद कोइराला फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा कांग्रेस महामन्त्री शशांक, नेताहरु सुजाता र शेखर कोइरालालाई एउटै मालाले सम्मान गरिएको हो।

यसैगरी ०७४ फागुन मा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई वीरगञ्ज उद्योग वाणिज्य संघले एक सय ११ किलोको मालाले स्वागत गरेको थियो।रौतहटबाट प्रतिनिधिसभा सदस्य भएका प्रभु साहलाई पनि स्थानीयले गत पुस २ गते एक सय एक किलोको मालाले सम्मान गरेका थिए। माला रुचाउने नेताहरू मध्ये वर्षमान पुन पनि पर्छन्

माला लगाउने संस्कृति पछ्याउनेमा नेपाली कांग्रेसका युवा नेता गगन थापासमेत छन्। उनलाई १२ असोज ०७३ मा नेपालगन्जमा ५१ किलोको माला लगाएर स्वागत गरिएको थियो। त्यसैगरी गएकाे चैत ११ गते खानेपानी मन्त्री बिना मगरलाइ बेलौरी नगरपालिकाले २१ किलाेकाे माला लगाइदिएकाे थियाे