दाङमा अध्ययन गर्ने सल्यानका एक बालक ४ दिनदेखि हराए

कार्तिक २३, सल्यान । सल्यानका एक बालक चार दिनदेखि हराएका छन् । शारदा नगरपालिका ६ बरला घर भएका  १३ बर्षिय निरज भण्डारी कार्तिक १९ गतेदेखि हराएकाे परिवारले जनाएकाे छ ।

३ वर्षदेखि दाङ विजाैरीमा रहेकाे जनता सांस्कृतिक विद्यालयमा कक्षा ८ मा अध्ययन गर्दै आएका निरज सल्यान घर आएकाे र फर्किने क्रममा हराएकाे उनका फुपुका छाेरा प्रकाश रावतले लेकाली अनलाइनलाइ बताए । १९ गते बरलाबाट दाङ तुलसीपुर जाने गाडीमा चढेर गएकाे र अहिलेसम्म परिवारकाे सम्पर्कमा नआएकाे उनले बताए ।

दाइ रावतले भने, ‘उ एकदमै इमान्दार मान्छे हाे, डेराबाट नजिकै जानु परेमा पनि परिवारमा साेधेर जान्थ्याे । तर चार दिनसम्म सम्पर्कमा आएकाे छैन् । आफन्त सबैकाेमा साेधिसकिउ भेटिएकाे छैन् ।’ गाडीमा अत्याधिक भिड भएकाे र कहाँ ओर्लिए भन्नेबारे ध्यान नभएकाे गाडी स्टापले बताएका छन् ।

बालक निरज भण्डारीकाे खाेजिका लागी अब प्रहरीमा पनि जानकारी दिन लागेकाे र भेटाउनुहुने व्यक्तीले  ९८४७९८९०१९ मा सम्पर्क राख्न दाजु प्रकाशले आग्रह गरेका छन् ।