तिलक र मोलिषाको ‘रनभुल’मा प्रिजमा-प्रिन्सीसँग बले-मन्जिलकाे राेमान्स (भिडियो सहित)

राजन के.सी./ कार्तिक २३, दाङ । ‘ब्रेकफेल’, ‘माया पिरतीमा बैना मार्दिउ कि’ जस्ता गीतकाे अपार सफलता पछि गायक तिलक बस्नेतको नयाँ गीत ‘रनभुल’  सार्वजनिक भएको छ। बस्नेतको आफ्नै शब्द रहेको लोक आधुनिक फिल्मी बेशको गीतमा उनलाई गायिका मोलिषा आले मगरले साथ दिएकि छन ।

चर्चित हास्य टेलिसिरियल सक्किगोनिका कलाकार सागर लम्साल (बले), मन्जिल बस्नेत, प्रिजमा-प्रिन्सी खतिवडा लगायतको अभिनयमा रहेको म्युजिक भिडियोमा सन्तोष सुनारको संगीत, रिकेश गुरुङको ऐरेन्ज, गम्भीर बिस्टको कोरियोग्राफी, राम कुमार के.सी.को सिनेमाटोग्राफी रहेको छ । उक्त भिडियोलाई टेकेन्द्र शाहले निर्देशन गरेका हुन ।

बस्नेत बिगत लामो समयदेखि गीत संगीत क्षेत्रमा लागेर आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक हुन ।

भिडियाे