भारतीय नक्साको विरोधमा प्रदर्शन गर्दा काठमाडौंबाट १२ जना पक्राउ


कार्तिक २४, काठमाडौं । कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारतले आफ्नो नयाँ नक्सामा समावेश गरेको विरोधमा प्रदर्शन गर्दा काठमाडौंबाट १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विप्लव नेकपाका कार्यकर्ताहरु रहेकाद छन् । उनिहरुलाई नेपाल प्रहरीलेे पक्राउ गरेको हो ।
गत फागुन अन्तिम साता प्रतिबन्ध लागेपछि विप्लव नेकपाले पहिलोपटक काठमाडौंमा सार्वजनिक प्रदर्शन गरेको हो ।

नेत्रविक्रम चन्द ‘विप्लव’ निकट अखिल क्रान्तिकारीको ब्यानरमा सो समूहले भारतको पछिल्लो कदमका विरुद्ध माइतीघरमा प्रदर्शन गरेको हो । विप्लव नेकपाले कार्यक्रमका लागि विभिन्न विद्यालयका विद्यार्थीलाई स्कुल डे«समै ल्याएका थिए ।

भारतले कालापानी क्षेत्रलाई समेटेर जारी गरेको नक्सा नसच्याए चरणवद्ध आन्दोलन गर्ने विप्लव नेकपाको चेतावनी छ ।