सल्यानको कजेरी र डाँडागाउँमा २ सय २० जनाका निशुल्क आँखा जाँच


कार्तिक २४, सल्यान । सल्यानको शारदा नगरपालिका ७ कजेरीमा १ सय १२ जनाका आँखा जाँच गरिएको छ । सल्यान आँखा उपचार केन्द्र शितलपाटीको प्राविधिक सहयोग र शारदा नगरपालिका वडा नम्बर ७ को आर्थिक सहयोग तथा स्थानिय ब्यबस्थापनमा आँखा जाँच कार्यक्रम सम्पन्न भएको हो ।

आँखा जाँच गरिएका मध्ये महिला ७० जना र ४२ जना पुरुष रहेका छन् । आँखा जाँचका क्रममा १२ जनामा मोतियाबिन्दु भएको पाईएको छ ।

आँखा जाँच गराएका अन्यमा सामान्य आँखा रातो हुने, आँखा चिलाउने, आँखा सुख्खा हुने, चस्मा लगाउनु पर्ने, आँखा पाक्ने बिरामीहरुलाइ निशुल्क औषधी बितरण गरिएको वडा अध्यक्ष लिला बहादुर रोकाले जानकारी दिए ।

त्यसैगरी शारदा नगरपालिका वडा नम्बर १४ र १५ को संयुक्त स्थानिय ब्यबस्थापनमा शनिबार माल्नेटा डाँडागाउँमा १ सय ८ जनाको आँखा जाँच गरिएको छ । जसमा महिला ६६ जना र ४२ जना पुरुषको आँखा जाँच गरिएको थियो । आँखा जाँचका क्रममा ३४ जनामा मोतियाबिन्दु भएको पाईएको १५ का वडाध्यक्ष हेमेन्द्र बाबू सेजुवालले बताए ।

दुवैठाउँका मोतियाबिन्दु भएका बिरामीहरुलाइ आगामी मंसिर २ र ३ गते सल्यान आँखा उपचार केन्द्र शितलपाटीमा हुने २ दिने निशुल्क आँखा शिबिरमा अप्रेशनको लागि बोलाएको छ । आँखा जाँच कार्यक्रममा नेत्र सहायक नबिना चौधरी र वरिष्ठ नेत्र स्वास्थ्य कर्यकर्ता पदम राज पन्तले आँखा जाँच गरेका थिए ।