प्रचण्डका घरबेटीको फोटो गाडी र पोलहरूमा

कार्तिक २६, काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटीसमेत रहेका सैलुङ कन्स्ट्रक्सनका प्रमुख शारदाप्रसाद अधिकारीको फाेटाे सवारीसाधन तथा बिजुलीका पाेलहहरूमा टाँसिएकाे छ । नगरकाेटका जताततै उनकाे फाेटाे छ्यापछ्याप्ती भएकाे छ ।

ठेकेदार अधिकारीकाे विराेधका लागी नगरकोटका स्थानीय तथा पर्यटन व्यवसायीले त्यसो गरेका हुन्। भक्तपुरको कमलविनायकदेखि नगरकोटको भट्टेडाँडासम्मको सडक कालोपत्रे नगरेपछि स्थानीयले उनीप्रति आक्रोश पोखेका छन्।

नगरकोट एक प्रमुख पर्यटकीय गन्तव्यको रूपमा परिचित छ। सडक नबनेपछि पर्यटकहरूले दैनिक सास्ती खेपिरहेका स्थानीयको तर्क छ। अहिले स्थानीयहरू आजित भएपछि अधिकारीको फोटो सडकका पोलदेखि सार्वजनिक तथा निजी सवारीसाधनमा समेत टाँसिएको छ।