थुनामा रहेका महरासँग देव गुरुङकाे के कुराकानी भएकाे हाे ? जुन आफैले खुलासा गरे

कार्तिक २६, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी संसदीय दलका प्रमुख सचेतक देव गुरुङले निवर्तमान सभामुख देव गुरुङसँग कानुनी प्रक्रियाबारे छलफल गरेको खुलासा गरेका छन् । उनले महरा र्पुपक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत जाने बताए ।

‘महराजीसँग कानुनी प्रक्रियाबारे छलफल गरेको हुँ,’ उनले एक टेलिभिजनसँगकाे अन्तरवार्तामा भने, ‘उहाँ थुनामा राख्ने आदेशविरुद्ध उच्च अदालत जान सक्नुहुन्छ ।’ महराले बोलाएर आफू गएको उल्लेख गर्दै स्वास्थ्यवस्था कमजोर रहेको बताए । महराले आफूमाथि अन्याय भएको भनेको हो भन्ने प्रश्नमा उनले त्यसबारे छलफल भएको खुलाए ।

प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरु फेर्ने सम्भावना रहेको उनले बताए । उनले भने, ‘राजीनामा दिलाएर फेर्ने कुरा गर्नसक्नुहुन्छ, मोडल प्रधानमन्त्रीको कुरा हो ।’

नेपाल र भारतबीचको सुगौली सन्धी अनुसार काली नदीको मुहान सीमा हो भनी उल्लेख भएको भन्दै लिम्पियाधुरासम्म नेपालको सीमा भएको बताए ।