कमला घिमिरेको पहिलाे गीत ट्रेण्डिङमा

कार्तिक २८, काठमाडौं । नयाँ चर्चित लोकदोहोरी बाल गायिका कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ युट्युवको ट्रेण्डिङको दोस्रो नम्बरमा आएको छ ।बुधबारमात्रै सार्वजनिक गरिएको उक्त भिडियोलाई अहिलेसम्म १२ लाख बढीले हेरिसकेका छन् ।

शुभारम्भ डिजिटल म्युजिक नाम च्यानलमार्फत सार्वजनिक गरिएको उक्त भिडियोमा चर्चित लोकदोहोरी गायक बद्री बंगेनी, निर्देशक तथा मोडल शंकर बिसी, मोडलहरु अञ्जली अधिकारी, करिश्मा ढकालल गायतका कलाकारहरुको अभिनय रहेको छ ।

गीतलाइ बुधबार रिपोर्टर्स क्लब नेपालको केन्द्रिय कार्यालयमा एक समारोहकाबीच उक्त गीत सार्वजनिक गरिएको हो । क्लबका अध्यक्ष ऋषि धमला, कलाकार तथा सञ्चारकर्मी कृष्ण कँडेल, गीतका लय सर्जक खेम सेन्चुरी, शब्द रचनाकार रमेश बिजी, प्रस्तुतकर्ता शम्भु कुँवर,  निर्देशक तथा कलाकार शंकर बिसी, मोडल निलम ढुंगाना, गायिका कमला घिमिरे, उनका पिता, गायक अमृत सापकोटा, लोक सञ्चारकर्मी नेपालका उपाध्यक्ष चन्द्रमणि गौतमलगायतले उक्त गीतको संयुक्त रुपमा विमोचन गरेका हुन् ।

कलाकार तथा सञ्चारकर्मी कृष्ण कँडेलले कमलाजस्तो प्रतिभा जन्मिदा नेपालको लोक दोहोरी क्षेत्रमा तहल्का मच्चिएको सुनाए । उनले पनि कमलाको प्रतिभालाई सबैले आ–आफ्नो ठाउँबाट सम्मान गर्दै सहयोग गर्न आग्रह गरे । त्यस्तै, उनले संगितबाटनै देशको सीमाको सुरक्षा गर्नुपर्ने बाटाहरु खुल्नुपर्ने बताए । आफू त्यही अभियानमा लागिरहेको पनि उनले सुनाए ।

गीतका प्रस्तुतकर्ता शम्भु कुँवरले उक्त गीतलाई २४ घण्टा नबित्दै बजारमा ल्याएको प्रतिक्रिया दिए । ‘यो गीतलाई दर्शकले अत्यधिक मन पराईदिनुभएको छ। हामी निकै आभारी छौं । युट्युव च्यालनलमार्फत उत्साहजनक प्रतिक्रिया आउँदा सिँगे टिम खुशी छ,’–उनले भने ।

हेर्नुहाेस् भिडियाे