सल्यानमा २ वर्षे छोरा सहित आमालाई बेचविखत गरेको आरोपमा एक युवा पक्राउ


कार्तिक ३०, सल्यन । २ वर्षको छोरा सहित एक महिलालाई बेचविखन गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नम्वर ३ टाट्केछहरा निवासी २ वर्षको छोरा सहितकी २२ वर्षिया एक महिलालाई भारतमा बेचविखन गरेको आरोपमा जाजरकोटको भेरीगंगा नरगपालिका–९ का १८ वर्षिय दिनेश खड्कालाइ  प्रहरीले गत हप्ताको शुक्रबार पक्राउ गरेको हो । खड्कालाई घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस्तै घटनाका अर्का आरोपित जाजरकोटकै ३० वर्षीया एक महिला भने फरार रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।

आरोपितको खोजि भैरहेको उनले बताए । २०७६ असार २५ गतेदेखि पिडित घरबाटै बेपत्ता भएकी थिइन । बिहे गर्ने प्रलोभन पारेर भारत लगेको प्रहरीले जनाएको छ ।

श्रीमान वैदेशिक रोजगारको शिलशिलामा विदेशमा रहेका कारण उनि नेपाल फर्केपछि प्रहरीमा मुद्धा दायर गरेका थिए । प्रहरीले पिडित महिलाको खोजीका लागी अनुसञ्धान भैरहेको जनाएको छ ।