जेसिज सप्ताहव्पापी कार्यक्रम लमहीको जखेरा तालमा सम्पन्न

शिवराज खनाल / कार्तिक ३०, दाङ । लमही जेसिजले जेसिज सप्ताह ब्यापी कार्यक्रमको शनिबार लमहीको जखेरा तालमा सम्पन्न भएकाे छ । लमही जेसिजका अध्यक्ष शिब शंकर गुप्ताको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै लमही नगरपालिकाका प्रमुख केसीले समाज निर्माणमा लमही जेसिजको महत्वपुर्ण भूमिका भएको भन्दै प्रशंसा गरेका थिए । त्यस्तै लामो समय देखि यस क्षेत्रमा रहेर सामाजिक कार्यमा सक्रिय रहेको लमही जेसिजलाई आगामी दिनमा जस्तो सुकै सहयोग गर्न लमही नगरपालिका तयार रहेको प्रमुख केसीले बताएका छन् ।

शनिबार देउखुरीको जखेरातालमा सम्पन्न भएको कार्यक्रममा लमही नगर पालिका वडा न ३ का वडाध्यक्ष बाबुराम चौधरी, देउखुरी उद्याेग वाणिज्य संघका अध्यक्ष रत्न प्रसाद श्रेष्ठ, लमही जेसिजका पूर्व अध्यक्षहरु उमाकान्त चौधरी, दण्डीराम चौधरी, शेषमनी गौतम, खेमराज घिमिरे लगायतले मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रममा सप्ताह निर्देशक सपना पाण्डेले आफ्नो तर्फबाट प्रदेश टुडेका पत्रकार प्रिया स्मृति गजमेर, रेडियो देउखुरीका स्टेशन म्यानेजर शिव राज खनाल र गणतन्त्र दैनिकका शिबु खनाललाई मायाको चिनो प्रदान गरेकी थिइन् । जेसी प्रेम केसीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको संचालन महासचिव बसन्त न्यौपानेले गरेका थिए ।