जिल्ला अस्पताल सल्यानमा ५ दिने निःशुल्क हाडजोर्नी शिविर सुरु

मंसिर २, सल्यान । जिल्ला अस्पताल सल्यानमा ५ दिने निःशुल्क हाडजोर्नी शिविर सुरु भएकाे छ । आइतबारदेखी सुरु भएको शिविर मंसिर ५ गते सम्म सञ्चालन हुने छ । द माउन्टेन मोबाइल हस्पिटल, सोलुखुम्बु पोलिटेक्निकल एकेडेमी र सल्यानी यूवा सञ्जालको आयोजनामा शिविरको आयोजना गरिएको हो ।

शिविरमा मूख्य सर्जन बेल्जिएमका डा. पियर सुट लगाएतको टोलीले सेवा प्रदान गरिरहेका छन् । हिजाे पहिलो दिनमा जिल्लाका बिभिन्न स्थानियतहका बिरामीहरुले सेवा लिएका थिए । शिविरमा हातखुट्टा भाँचिएर बाङ्गो भएको, उपचार गर्न मिल्ने अपाङ्गता, स्टिल रड, तार, किला हाल्नुपर्ने र निकाल्नुपर्ने बिरामीहरूको निःशुल्क अप्रेसन गरिन्छ ।

साबै निशुल्क रुपमा औषधि समेत बितरण भैरहेको आयाेजकले जनाएकाे छ । आर्थिक रुपमा कमजोर भएर उपचारको लागी जिल्ला बाहिर जान नसक्नेहरुलाई लक्षित गरी शिविरको आयोजना गरिएको डा. माङमा शेर्पाले जानकारी दिए ।

शिविरको हाजाे एक कार्यक्रमका बीच उद्घाटन गरिएको हाे । जिल्ला अस्पताल बिकास समितीका अध्यक्ष दामोदर शर्माको अध्यक्षतामा भएको कार्यक्रममा शारदा नगरपालिका प्रमुख सुरेश अधिकारी, प्रमुख जिल्ला अधिकारी लगाएतले बोलेका थिए । सञ्जालका महासचिब तेज किरण ओलीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन सदस्य बामदेब केसीले गरेका थिए ।