आफ्नै बच्चाको ह’त्या गरेकाे अभियोगमा २० वर्षपछि बुबा प’क्राउ

मंसिर १३, नुवाकाेट । आफ्नै बच्चाको ह’त्या अभियोगमा २० वर्षदेखि फरार नुवाकोटको तारकेश्वर गाउँपालिका–५ का ५६ वर्षीया वाङजोम तामाङलाई प्रहरीले शुक्रवार प’क्राउ गरेको छ ।

तामाङलाई प्रहरीले उनलाई घरबाटै नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि मकवानपुर पठाएको हो । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक राजेश थापाका अनुसार तामाङले विक्रम संवत् २०५६ भदौ २१ मा मकवानपुरमा रहँदा जन्माइएको बच्चाको ह’त्या गरेर फालेको अभियोगमा त्यहाँको जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ ।

त्यसबेला अविवाहित तामाङले गर्भपतन गरेको, मृ’त बच्चा जन्माएको वा जन्माएर ह’त्या गरेको भन्ने बारेमा अनुसन्धान भइरहेको छ ।