सल्यानका एक युवाको मलेसियामा मृत्यु

तिलक चन्द / मंसिर १४, मलेसिया ।

रोजगारीका लागि मलेसिया गएका एक नेपालीको हटट्याक भएर मृत्यु भएको छ । सल्यान शारदा नगरपालिका ४ साइलाकम्द घर भएका ३१ वर्षिय प्रदिप कुमार बस्नेतको नेपाली समयअनुसार हिजो शुक्रबार बेलुका ५ बजे मृत्यु भएको उनका साथीहरूले बताएका छन् ।

रातिको समयमा काम गर्ने उनले बेलुका उठेर डिउटी जाने तयारी गर्दा अचानक मुटु दुख्यो भनेपछि एम्बुलेन्स बोलाउदा बोलाउदै मुखबाट फिज निकाले मृत्यु भएको साथीहरूले बताएका छन् । अहिले उनको पोस्टमार्टम र प्रहरी मुचुल्का बनाउन लागेको दाइ मोहन कुमार बस्नेतले बताए ।

३ वर्ष अघि मलेसिया पुगेका बस्नेत कार्यअबधी सकाएर एक वर्षको अबधि थप गरि मलेसियाको सेलाङ्गर स्थित पुचुङमा स्पेसल स्क्वाएड सेकुरेटी सर्गरीमा काम गर्दै आएका थिए । उनका घरमा वृद्धआमा, श्रीमती र एक छोरा रहेका छन् ।