डाेटीमा मतदान स्थल नजिकै बम भेटियो

मंसिर १४, डाेटी । डाेटीकाे आदर्श गाउँपालिका -२ कालिकास्थानको कुचेडा बजारमा प्रेसर कुकुर बम भेटिएको छ ।

मध्यराती कोटान्जर मतदान केन्द्र कुचेडा बजारमा बम फेला परेको र राति दुई बजेतिर बम डिस्पोज गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौड्यालले जानकारी दिए ।

मतदान स्थल नजिक दुई शंकास्पद झोला पनि भेटिएको डोटीका प्रहरी उपरीक्षक दिलिप सिं देउवाले बताए ।  बम विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले राखेको आशंका गरिएकाे छ ।