सुनसरीबाट बिहानै आयो दुखत खबर, ७ जनाको मृ’त्यु

मंसिर १५, सुनसरी । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनसरीको कोशी गाउँपालिकाको हरिपुरमा एम्बुलेन्स र ट्रक ठोक्किँदा सात जनाको ज्यान गएको छ ।

दु’र्घटनामा उदयपुरका त्रियुगा नगरपालिका ९ का दुर्गाधन राई, टेकेन्द्र राई, तुलाबहादुर राई, मुकेश राई, दिनेश राई र शिवमाया राई र एम्बुलेन्स चालक राजेश दनुवारको ज्यान गएको ट्राफिक प्रहरी कार्यालयका प्रखुम एसपी भीम दाहालले जानकारी दिए ।

वीरगञ्जबाट विराटनगरका लागि छुटेको ना ३ ख ९०८२ नम्बरको ट्रक र को १ च ९३६३ नम्बरको एम्बेलेन्स ठोकिँदा एम्बुलेन्समा रहेका सातै जनाको ज्यान गएको हो । विराटनगरमा उपचार गराएर घर फर्किने क्रममा एम्बुलेन्स दुर्घटना भएको प्रहरीले जनाएको छ ।