सल्यानमा २४ वटा योजनाका काम सुरु भएका छन् : सांसद बस्नेत

मंसिर १५, सल्यान । प्रतिनिधि सभाका सदस्य टेकबहादुर बस्नेतले स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्रगत आर्थिक बर्ष २०७६/०७७ मा सल्यान जिल्लामा २४ वटा योजनाको काम सुरु भएको बताए । ईलाका प्रहरी कार्यालय थारमारे सल्यानमा लिप्ट सिस्टको खानेपानी योजनाको उद्घाटन गर्दै सांसद बस्नेतले सल्यानमा ६ वटा आयोजना अन्तर्गत २४ वटा योजनाहरुको काम सुरु भएको बताएका हुन् ।

जसअन्तरगत पहिलो योजना ईप्रका थारमारेको फुलवारी लिप्ट खानेपानी योजना सम्पन्न भएको उनले बताए । संघिय सरकारको १० लाख बजेट र स्थानीय बासीको श्रमदानमा यो खानेपानी योजना सम्पन्न भएको हो ।

उनले स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गतका आयोजनाहरु सल्यान जिल्लाका दुईवटै निर्वाचन क्षेत्रमा भौगोलिक बनावटका आधारमा समान रुपले बिनियोजन गरिएको बताए । खानेपानी योजनाको रिवन काटेर उद्घाटन गरेका बस्नेतले स्थानीय सरकार बागचौर नगरपालिका लाई योजना हस्तान्तरण गर्दै उक्त योजनाको संरक्षण गर्न अनुरोध गरेका थिए ।

एक फरक प्रसंगमा बोल्दै उनले तीनै तहका सरकारमा बजेट कार्यन्वयन भनेजति सुधार हुन नसकेको बताएका छन् । पुर्व मन्त्री समेत रहेका बस्नेतले अहिलेको सरकार समाजबादको बाटो पकट्दै गएको बताए । उनले सो बाटोमा आफुहरु उन्मुख रहेको बताए । जसको लागी सबै एक भएर लाग्नु पर्ने आवश्यकता रहेको उनको जोड छ ।

कार्यक्रममा बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर बस्नेत, बागचौर नगरपालिका शिक्षा शाखा प्रमुख टेकबहादुर डिसी, शिद्वकुमाख गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष रामबहादुर बस्नेत, राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य सोभाराम भण्डारी लगाएतको सहभागीता रहेको थियो ।

बागचौर नगरपालिका २ का वडा अध्यक्ष घनश्याम शर्माको अध्यक्षतामा भएको कार्यक्रममा उक्त योजनाका प्राबिधिक पुर्ण ओलीले लिप्ट सिस्टम खानेपानीको उपयोगिता, चुनौती र त्यसको प्राबिधिक पक्ष बारे जानकारी दिएका थिए ।