बलात्कार आरोपी सिद्धबाबा अस्पतालको आइसियुबाटै पक्राउ परे

मंसिर १६, विराटनगर । बलात्कार  आरोपमा अदालतमा म्याद थप गराउनका लागि प्रहरी पक्राउ गर्न आएको थाहा पाएपछि अचानक आइसियूमा भर्ना भएका सिद्धबाबा बताउने कृष्णदास गिरी महाराजलाई प्रहरीले प,क्राउ गरेको छ ।  बलात्कारको आरोप लागेपछि विराटनगरको मुनालपथ स्थित विराटनर्सिङ होममा क्याविनमा उपचारका लागि १२ मंसिर दिउँसो भर्ना भएका कृष्णदासलाई प,क्राउ सोमबार बिहान ५ बजे सुनसरी प्रहरीले प,क्राउ गरेको हो ।

सिकिस्त भनिएका बाबाको स्वास्थ्य अवस्था समान्य देखिएपछि उनलाई सोमवार बिहान डिएसपी बिनोद शर्माको टोलीले नियन्त्रणमा लिएर सुनसरी ल्याएको जिल्ला प्रहरी सुनसरीका एसपी यज्ञबिनोद पोखरेलले जानकारी दिए । बलातकारको आरोप लागेपछि उपचारको बहानमा अस्पताल भर्ना भएका बाबा आइतबार प्रहरी प,क्राउ गर्न गएपछि हर्टअटयाक भएको बहाना गर्दै अचानक आइसियूमा भर्ना भएका थिए । बाबा सिकिस्त बिरामी भएपछि प्रहरी टोली फर्केपनि  उनलाई प्रहरीले निगरानीमा राखेको थियो ।

कृष्णदासलाई आज प्रहरीले  जिल्ला अदालत सुनसरीमा बलात्कार आरोपमा म्यादथप गराउने छ । त्यसपछि हिरासतमै राखेर अनुसन्धान गर्नेछ वा अस्पतालमा राखिनेछ त्यो उनको स्वास्थ्य अवस्थापछि थाहा हुने प्रहरीले बताएको छ ।  १२ मंसिरदेखी अस्पतालको गाइनो वार्डको ५ नम्बर वतानुलित क्याबिनमा समान्य अवस्थामा रहेका बाबा आइतार अचानक सिकिस्त भएर आइसियुमा भर्ना भएका थिए । पहिले उनि बाक्लोगरि दैनिक शुभचिन्तहरुसँग भेटघाट गर्दै आएका थिए । शनिवार उनले पत्रकारहरुलाई भेटेर सकुसल अन्र्तवार्ता दिदै आफु निर्दोष भएको र आइमाई बम प्रहार गरेर बदनाम गराउने षडयन्त्र भएको वताएका थिए ।

योगसाधनामा सिद्धपुरुष , बनस्पती गुणमा बिद्यावारिधि हासिल गरेको डाक्टर वताउने कृष्णदास  सुनसरीको वराहक्षेत्र नगरपालिका २ चराराधाम स्थित  आश्रममा बस्दै आएका छ । ४ कार्तिक २०७६मा  बलात्कार गरेको भन्दै उनकै अनुयायी महिलाले कृष्णदास विरुद्ध प्रहरीमा किटानी जाहेरी दिएकी छन ।