एक महिलाको छाउगोठमा मृ,त्यु

मंसिर १६, अछाम  ।  अछामकाे छाउगोठमा निसासिएर एक २१ वर्षिया महिलाको ज्यान गएको छ । साँफेबगर नगरपालकिा ३ की पार्वती बुढा रावतको आइतबार राति छाउगोठमा ज्यान गएको छ ।

घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय साँफेबगरका प्रहरी नरिीक्षक नरपती भट्टले मृतकको शरीरमा कुनै चोटपटक नदेखएिको र होचो ठाउँमा आगो बालेकाले नसिास्सएिर ज्यान गएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए।

‘महिनावारी भएको हिजाे ३ दिन भएको रहेछ। सय मिटर टाढाको घरमा बसेको पाइयो,’ भट्टले भने, ‘बिहान साढे ७ बजेसम्म नउठेपछि उनका जेठाजु उठाउन गए। नबोलेपछि ढोका फोडेर हेर्दा मृ,त अवस्थामा फेला फरेको हो।’ पार्वतीको श,व पोस्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसेन ल्याउने तयारी भैरहेको छ।