ईलाका प्रहरी कार्यालय रागेचौर सल्यानमा मन्दिरको उद्घाटन

संजिव शर्मा/ मंसिर २२, सल्यान । ईलाका प्रहरी कार्यलय रागेचौर सल्यानमा नबगुर्गा मन्दिरको उद्घाटन गरिएकाे छ । नागरिक प्रहरी सहकार्य अन्तर्गत बनेको उक्त मन्दिरकाे जिल्ला प्रहरी कार्यालय सल्यान प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले मन्दिरमा पुजा आजा गरि रिबन काटेर उद्घाटन गरेका हुन ।

मन्दिर निर्माणका लागि मार्गदेबी निर्माण सेवा प्राली भत्तपुरका संचालक हिमाल शर्माले ५१ हजार बाराबरको भौतिक सामाग्री, भगवती निर्माण सेवा शारदा नगरपालिका -२ सल्यानका  संचालक अन्जान राईबाट ४१ हजार, ईप्रका रागेचौरको कार्यलयको तर्फबाट ४५ हजार ५ सय, कुपिण्डे निर्माण सेवा प्रालीबाट ३ हजार ५ सय, जनता माबी रागेचौर बाट १० हजार गरी कुल १ लाख ५५ हजार सहयोग भएको थियो ।

कुमाख ५ का वडाध्यक्ष धर्मे बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रमा २ नम्बर वडाध्यक्ष शेर बहादुर रावत, हिमालन बिङ्कका प्रमुख प्रकाश सुवेदी, जनता मा बि रागेचौरका सहायक प्रधानाध्यापक भिम बहादुर वली लगाएतकाे सहभागीता रहेकाे थियाे । कार्यक्रमको संचालन शिक्षक नन्दाराम भारतिले  गरेका थिए भने स्वागत मन्तव्य इलाईका प्रहरी कार्यालय रागेचौरका प्रमुख घनश्याम श्रेष्ठ दिएका थिए ।

मन्दिर निर्माणमा विभिन्न सहयोग गर्ने विभिन्न सहयोगी दातालाई खदा ओढाई अबिर आबरन र प्रमाणपत्र दिएर ईप्रका रागेचौरले सम्मान गरेको छ । त्यस्तै उत्कृष्ट काम गर्ने प्रहरी हवल्दार जगत बहादुर थापा, प्रहरी जवान इन्द्र गिरि र कार्यलय सहयोगी तेज बहादुर थापालाई पनि सम्मान गरिएकाे छ ।