सहकारी प्रति महिलाहरुको आकर्षण बढ्दो

करेश्मा गिरी/ मंसिर २२, सल्यान । सल्यान जिल्लामा रहेको  त्रिवेणी सहकारी संस्थामा अहिले करिब ५ सय जना सेयर सदस्य रहेका छन् । संस्थाका  उपाध्यक्ष जानकी रावतका अनुसार कृषि, पशुपालन जस्ता व्यावसाय गर्न चाहाने व्यक्तीहरुका लागि ऋण लगानी गर्ने सस्तो व्याजदर १५ प्रतिशतका दरले ऋण पाएपछि व्यवसायी गर्न चाहाने महिलाहरूको संख्या बढेको र गाँउ घरमा नबुझेकै व्यक्तीहरुलाइ सहकारीको बारेमा बताइदिने गरेको बताइन् ।

सहकारी दर्ता भएको एक वर्ष नपुगेको कारण बजार व्यवस्थापन हुन नसकेको जानकारी दिइन् । प्रत्येक व्यक्तीले मासिक एक सय रूपैयाँ उठाउने गरेको समेत रावत बताइन् ।

त्यस्तै पुर्वी रुकुमको पुथात्तरगगां गाउँपालिका  -१२ मा रहेकाे साना साहकारी संस्था लिमिटेड संचालन भएको  ३ तिन वर्षको अवधिमा सेयर सदस्य ४ सय जना रहेका छन् । संस्थाकी नरपुरा बुढाका अनुसार यहाँपनि महिलाकाे सहकारीप्रति आकर्षण बढ्दाे भएपनि  भैगोलिक रुपमा विकटताकाे कारण अन्य ठाउँकाे भन्दा यहाँ सहकारीको बारेमा जनकारी नभएको कारण सेयर  सदस्याता लिन नमानिरहेको अवस्था उल्लेख गरिन् ।

याे सहकारीमा कुल बचत रकम १५ लाख २९ हजार रहेको छ । कृषि, पशुपालन गर्नको लागि सहकारीद्धारा लगानी गरिने समेत बुढाको भनाइ छ । अरुको तुलनामा सहकारीमा काम गार्न नसकिएको उनले उल्लेख गरे ।

गंगादेब गाउपालिका -३ रोल्पामा रहेको हरियाली साना किसान कृषि सहकारी संस्था लिमिटेडमा हाल ४ सय १ जना सेयर सदस्य रहेको उक्त संस्थाले हाल निम्न वर्गिय परिवरलाइ लक्षित कार्यक्रम गर्दै आएको छ ।

कुनै व्यवसाय गर्न चाहेमा उक्त संस्थाबाट सस्तो ब्यजदरमा ऋण लगानी गरी व्यवसाय गर्न सहज भएको गंगादेब गाउपालिका -३ रोल्पाकी हरियाली साना किसान कृषि सहकारी संस्था लिमिटेडका टिका कुमारी वलीले बताइन्। उनका अनुसार सहुलियत ब्याजदरमा ऋण पाउने र काम गर्न सहज हुने भएकोले सहकारी प्रतिको आकर्षण बढ्दो छ ।

क्याप्सन : सहकारीमा आवद्ध सल्यान, रूकुम र राेल्पाका महिला सल्यान शारदा नगरपालिका -६ बरलामा