दाङमा प्रहरी घुस सहित प्रकाउ

मंसिर २२, दाङ । दाङ तुलसीपुरमा प्रहरी नायव निरीक्षक ७ हजार घुस सहित पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरमा कार्यरत प्रहरी नायव निरीक्षक(सइ) हेमन्त केसीलाई  ७ हजार घुस लिदालिदै जिल्ला प्रशासन कार्यालयको गेट नजिकैबाट पक्राउ गरेको अख्तिायर दुरुपयोग अनुन्धान आयोग बुटवल, सम्पर्क कार्यालय नेपालगंजका प्रमुख गणेश गैरेले जानकारी दिए ।

सार्वजनिक अपराध मुद्दा खेपिरहेका आरोपीलाई सामान्य केशमा  मुद्दा चलाएर कम धरौटीमा छिटो मुद्दा किनारा लगाई दिने भन्दै प्रनानि केसीले १० हजार रकम घुस लिएका थिए । उनले पिडितसंग २५ हजारदेखि मोलमोलाइ सुरु गरेका थिए । पक्राउ परेका प्रनानि केसीलाई अख्तियारको टोलीले नेपालगंज लगेको छ ।