हिटर ताप्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस् नत्र ज्यान जान सक्छ

पुस २२, काठमाडौँ । अहिले जाडोयाम चालु छ । जाडो बढेसँगै अत्याधिक चिसोका कारण कतिपय ठाउँमा जनजीवन प्रभावित भइरहेको छ ।

जाडो वा चिसोबाट बच्नका लागि भनेर ब्लोअर वा हिटर प्रयोग गरिन्छ । तर, यी सामान उपयोग जानिएन भने स्वास्थ्यमा असर पर्ने मात्र नभएर दुर्घटनासमेत हुन सक्ने भएकाले हिटर प्रयोग गर्दा विशेष ध्यान दिन आवश्यक छ ।

  • हिटरबाट उत्पन्न हुने कार्बन मोनोक्साइड ग्यास स्वास्थ्यका लगि हानिकार हुने भएकोले कोठा बन्द गरेर हिटर बाल्नु हुँदैन ।
  • हिटरलाई वेलावेलामा बन्द गरी प्रयोग गर्नुपर्छ । र, प्रयोग नभएको समयमा झनै यसलाई सधैँ बन्द गर्न आवश्यक छ । राति सुत्ने वेला पूर्ण रूपमा हिटर बन्द गर्नुपर्छ ।
  • हिटरको तापक्रमले छाला सुक्खा हुने, आँखामा समस्या आउने र नाकको रक्तनली फुट्नेजस्ता समस्या देखा पर्छन् । त्यसैले नजिकै बसेर हिटर ताप्नु हुँदैन
  • बालबालिकाको नजिक वा बाटोमा हिटर कहिल्यै राख्नु हुँदैन ।
  • मुटु, श्वासप्रश्वासजस्ता रोगका बिरामीले हिटर प्रयोग गर्नु हुँदैन ।
  • आगोले टिप्ने वस्तु हिटरअगाडि वा नजिक राख्नु हुँदैन ।
  • मनतातो पानी, चिया, कफीजस्ता पेयपदार्थ पिउँदै हिटर ताप्नु उचित हुन्छ ।
  • यसले छाला सुक्खा हुने समस्याबाट बचाउँछ ।