श्रीनगरका ऐलानी जग्गामा बनेका घर भत्काउन शारदा नगरपालिकाले दियो १५ दिनको अल्टिमेटम

पुस २५, सल्यान । सल्यानको शारदा नगरपालिकाले श्रीनगरको बसपार्क स्थित ऐलाली जग्गामा बनाइएका घर टहरा भत्काउन १५ दिने अल्टिमेटम दिएको छ । ऐलानी जग्गामा भएका घर टहराहरु भत्काएर व्यवस्थित बनाउने भन्दै नगरपालिकाले आउदो माघ १० गतेसम्मको लागि पुस २४ गतेबाट १५ दिनको अल्टिमेटम दिएको हो ।

पहिले यो क्षेत्रमा बगरको रुपमा खोला थियो । पछि श्रीनगरमा बस्ती बढ्दै गएपछि मानिसहरु खोलालाई च्यापेर घर टहरा बनाएका हुन् । जसमा अहिले यहाँ एकसय जति घर टहरा बनाएर बसेका छन् । नगरपालिकाको पुस २४ गते बसेको कार्यपालिका बैठकले अब उक्त घर टहराहरुलाई हटाएर बसपार्क बनाउने निर्णय गरेको हो ।

बसपार्क बनाउनलाई ४२ करोड

अव्यवस्थि बनेको श्रीनगरको बसपार्क व्यवस्थित बनाउनलाई ४२ करोडको लागतमा निर्माण कार्य गर्ने डिपीआर बनाइएको छ । शारदा नगरपालिका र विभिन्न निकायबाट बसपार्क बनाउनलाई ४२ को बजेट बिनियोजन भएपनि ठाउँ नहुँदा बजेट रोकिएको नगरप्रमुख अधिकारीले लेकाली अनलाइलाई बताए । १५ दिनसम्म घरधनीलाई आग्रह गर्ने, त्यदी उनिहरुले नभत्काए आफुहरु गएर भत्काई बसर्पा बनाउने उनले बताए ।

गरिबदेखि धनीसम्मका घरहरु

यहाँ साँझ विहान हातमुख जोड्न धौधौ हुने गरिबहरुले घर बनाएर बसेका छन् । आफ्नो कतै सम्पती नहुँदा सुकुम्बासी भएर यहाँ टहरा बनाएर उनिहरु वर्षाैदेखि बसिरहेका छन् ।

शुक्रबार नापी कार्यालय सल्यानबाट घरहरुको तथ्यांक लिन पुगेका कर्मचारीहरुसँग आँसु झार्दै ती सुकुम्बासीहरुले भने, ‘हाम्रो त अनेन्त्र सम्पति पनि छैन्, अब कहाँ गएर बस्ने होला । काठमाडौंमा ठुलाठुला नेताहरुले ऐलानीमा महल बनाएर बसेको हुन्छ । दुख त हामी गरिबलाई नै हो ।’

त्यस्तै यहाँ श्रीनगरकै प्रतिष्ठीत धनि व्यापारीहरुका घर पनि छन् । उनिहरुले यहाँ घर बनाएर व्यापार प्रयोजनको लागि कोठा भाडामा दिएका छन् ।

घर भत्काएर उनिहरुलाई अनेन्त्र घर बनाइदिन्छौँः मेयर

शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले यहाँको जग्गा खालि बनाएर कतै घर नहुँने सुकुम्बासीहरुको लागि नगरपालिकाले छुटै ठाउँमा घर बनाइदिने बताएका छन् । लेकाली अनलाइनसँग कुरा गर्दै उनले नगरपालिकाले घर बनाएर उनिहरुबाट भाडा लिने बताए ।

उनले बसपार्क बनाउनलाई अहिले घर टहराहरु भत्काउने र त्यसपछि घर नहुँनेहरुको लागि नगरपालिकाले घर बनाइदिएर भाडामा दिने उनको भनाई छ ।