भिजिट सल्यान : हेर्नुहोस् ड्रोनबाट खिचिएका छत्रेश्वरीका तस्बिरहरु

पुस २६, सल्यान । भिजिट नेपालमा कर्णाली घुम्दा नछुटाउने जिल्ला हो सल्यान । साविकको राप्ती अञ्चलमा अबस्थित सल्यान जिल्ला चारै तीर डाँडापाखाले ढाकेको पर्यटकीय हिसाबले निक्कै मलिलो छ ।

यो जिल्लाका दशवटा स्थानीय तहममा थुप्रै पर्यटकीय स्थलहरु छन् । जसमध्येको एउटा स्थानीय तह हो छत्रेश्वरी गाउँपालिका । छत्रेश्वरी गाउँपालिकाको नामाकरण साविकको छायाँक्षेत्र गा.वि.स.मा रहेको छायाँक्षेत्र स्थित प्रख्यात छत्रेश्वरी देवीको मन्दिरको नामबाट कायम भएको हो । यो मन्दिर सल्यान जिल्लामा मात्र नभइ देशैभरी नै प्रख्यात छ । जसको बारेमा श्री स्वथानी व्रतकथामा समेत उल्लेख गरिएको छ ।

श्री स्वस्थानी व्रतकथामा उल्लेख भए अनुसार सत्य युगमा महादेवले सतीदेवीको मृत शरीर बोकेर विश्व भ्रमण गर्दा सतीदेवीको अन्तिम अंग यही छत्रेश्वरीमा पतन भएर छत्रेश्वरी देवी, सुकमोला योगिनी, पिशाचेश्वर महादेव प्रकट हुन भएको कथा पाइने गरेको छ । नेपालका सबै शक्ति पिठहरूमध्ये बली नचढाइने एकमात्र शक्ति पीठ हो छत्रेश्वरी मन्दिर ।

छत्रेश्वरी गाउँपालिका सल्यान जिल्लाका साविकका ४ वटा गा.वि.स.हरु दमाचौर, कोर्बाङ झिम्पे, लेखपोखरा र छायाँछेत्र मिलेर बनेको हो । यस गाउँपालिकाको क्षेत्रफल १५०.६९ वर्ग किलोमिटर रहेको छ ।

गाउँपालिकाको पुर्वमा रोल्पा जिल्ला पश्चिममा शारदा नगरपालिका उत्तरमा बागचौर नगरपालिका र दक्षिणमा त्रिवेणी तथा कपुरकोट गाउँपालिका पर्दछन् । छत्रेश्वरी गाउँपालिका समुद्री सतहबाट ८३९ मिटरदेखी सल्यान सबैभन्दा अग्लो लेक ‘जथाक’ २८०० मिटरसम्मको उचाइमा अवस्थित रहेको छ ।

यो गाउँपालिका भित्र घुम्न लाएक पर्यटकीय स्थलहरुमा छत्रेश्वरी मन्दिर, ढकढके चाँदनी साततले गुफा, चमेली गुफ साउनेपानी, पाथिभरा टावर, दारिमज्युला फाँट, दमाचौर, बुँरासे लेक, शारदाको तिर लान्ती लगाएतका ठाउँहरु रहेका छन् ।

आज हामी छत्रेश्वरी गाउँपालिकाले बनाएको वृतचित्रमा समावेश ड्रोन क्यामेराले खिचिएका तस्बिरहरु देखाउदैछौँ…