जनप्रियले गर्याे बागचाैरमा २ सय जनाकाे निशुल्क स्वास्थ्य चेकजाँच

पुष्पा रिजन डिसी/ पुस २६, सल्यान । सल्यानकाे बागचाैरमा रहेकाे जनप्रिय पोलिकिल्नीकमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिबार उक्त अस्पतालमा एमबि बिएस डाक्टर नसिम अख्तर आएर निशुल्क स्वस्थ्य चेकजाँच गरेका हुन् ।

शिविरमा १८० जना महिला र २० जना पुरुष गरी कुल २ सय जनाले सेवा लिएका थिए । शिविरमा महिलाकाे पाठेघर,  प्रेसर, मधुमेह (सुगर), ग्याष्ट्रिक, पत्थरी, दाँत सम्बन्धिका बिरामीहरुकाे चेकजाँचका साथै भिडियो एक्सरे तथा रगत परिक्षण पनि निशुल्क रुपमा गरिएकाे थियाे ।

स्वास्थ्य चेकजाँच पछि अस्पतालले शुल्कमा औषाधी वितरण गरेकाे संचालक भिम बहादुर वलीले बताए ।