बहसमा महिला नेतृत्व

  • कमला परियार ‘प्रेरणा’

मानव विकासको इतिहास र महिला नेतृत्वको विकास आदिम मानव समाजको ढुंगे युगमा भएको र त्यसको नेतृत्व महिलाले नै गरेको यर्थात ढुंगे युगलाइ एक बलियो प्रमाणको रुपमा लिन सकिन्छ । नेपालमा भएका असल अभ्यास र त्यसको नेतृत्व महिला मैत्री बनाउन तथा त्यसको कार्यन्वयन गर्नको लागी आधुनिक मानव विकासका पहिलो सुचक कृर्षि विकासलाई लिन सकिन्छ ।

जति बेला मानव समाजक ढुंगे युगबाटमा नै पहिला नेतृत्व कमजोर भएको देखिन्छ । त्यसको यर्थात नै हाल महिला दिदीबहिनी महिला नेतृत्व कमजोर हुनुमा घर देखि कृर्षिमा आधारित कार्यमा ब्यस्त भइरहनु तथा महिला उत्पादनशील कार्यमा मात्र प्रयोग हुनु नै महिला नेतृत्वको विकास नहुनुको प्रमाण नै हो ।

आधुनिक मानव ससमाजको खुड्किलोमा महिला नेतृत्वको विकास लाई कार्यन्वयन गर्नको लागि महिला पुरुषको  बिचको असमानता र महिला पुरुको भेदभाव  समाप्त गर्न सयुक्त राष्ट्रसंघबाट सन १९७९ मा  सिड माहासन्धी लाई लिन सकिन्छ । त्यसको कार्यन्वयनको लागी नेपालमा यस महासन्धीलाई नेपाल ले सन १९९१  मा अनेमोदन गरिसके पछि महिला नेतृत्वको विकास तथा लंैगिक समानताको आधार केही फराहिलो भएको पाईन्छ ।

जसको कारण एउटा महिला सति प्रथा देखि झुमा, देवकी, कुमारी बस्ने प्रथाको नेपालबाट निर्मुल पार्नको लागि नेपाल पक्ष राष्ट्रको तर्फबाट नेपालमा दासत्व बिरुद्धको १९२६ जनवरी ७ मा माहासन्धि भई १९६३ अनुमोदन, दासत्व दासब्यापार तथा दासता जस्तै ब्यवहारहरु सम्बन्धी  १९५३ माहासन्ध ७ जनवरी १९६३ मा अनुमोदनमहिला बिरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलन सम्बन्धी माहासन्धी १८ डिसेम्बर १९७९ र इच्छाधिन आलेख १९९९, बेश्यावृतीको लागी हुने महिला तथा वालवालिका वेचबिखन नियन्त्रण र सो बिरुद्ध सघर्ष गर्ने सम्बन्धी दक्षिण एशियाली क्षेत्रिय सहयोग संगठन महासन्धी २००२ अनुमोदन जस्ता ठुला राष्ट्रिय तथा अन्तराष्टिय नियोग तथा आयोगले पालना गरी महिला नेतृत्व विकासको लागी नारी गरेको कानुनी प्रवाधानले गर्दा आज बिश्वको सामुहिला नेतृत्व को सहधागिता लज्जाजनक छ ।

नेपालमा कार्यन्वयन गर्ने नेतृत्व तह र शासकीय संरचनामा पृतित्व नै कायम हुने जुन चलन छ । त्यो अव घर देखि बाट नै महिलाको रुपान्तरको लागि नारी एकता हुन आवश्यक छ । जुन तितो सत्य एक महिला घरको नत अंशमा रहेन प्रस्ट ब्यबस्था छ नत वंशमा ।

यसको कार्यन्वयनको लागि नेपालको संबिधानमा ३३ प्रतिशत महिला सहभागिता को ब्यबस्था अंश, वंश र नेतृत्वमा कार्यन्वयन गर्न नेपाल सरकार तथा सत्ताका बाघद्वार समालेकाले परिवर्तनको लागी महिला विकासमा महिला मैत्री बजेट तथा कार्यक्रममा समान सहभागिता तथा नेतृत्वको पहुँच वृद्धि गर्नको लागि घर देखी सदन सम्म अवसर तथा जिम्मेवारी पुर्ण वातावरण सृजना गर्न सक्नु पर्दछ ।

त्यसैले यसको कार्यन्वयनकामा बेजिङ घोषण पत्रलाइ अक्षरस कार्यन्वयमा नेपाल सरकार तथा संघ, प्रदेश तथा स्थानिय तहबाट यसको सुरुवात गर्नु गर्दछ ।

बेजिङ घोषणा पत्रका आधारहरु

  • महिला र गरिवी 
  • महिला शिक्षा र तालिम 
  • महिला र स्वास्थ्य
  • महिला बिरुद्ध हिंसा
  • महिला र सशस्त्र सघर्ष
  • महिला र अर्थतन्त्र 
  • नीती निमार्ण तहमा महिला 
  • महिला बिकासका लागी संस्थागत संरचना
  • महिला र मानव अधिकार
  • महिला र संञ्चार
  • महिला र वातावरण
  • बालिका

नेपाल सरकारको ब्यबस्था तथा त्यसको कार्यन्वययन पक्ष लाई महिला मैत्रि बनाउन सक्नु नै महिला नेतृत्वको विकास हो जसको लागी हालको स्थानिय तहको निर्वाचनमा महिला प्रतिनिधी उपाध्यक्ष मा अनिवार्य वनाउनुले महिला अझै प्रमुख पदमा नलिने गतिलो संकेत हो । यसको लागी सरकारी निकायको सबै तहमा महिला प्रमुख बन्ने हैसियतका महिला यो समाजमा नभएको पनि हैन ।

जतिबेल जनयुद्धमा पुरुष सगै उच्च मोर्चा समालेका महिला नेतृ पनि यो समाजको नेतृत्व गर्न सक्षम भएका थिए । त्यसको रुपान्तर नै आजको यो समाजको नेतृत्वमा महिला नेतृत्वको विकासको लागी बहस हुन जरुरी छ । त्यसको लागि सबै पार्टीको प्रमुख तथा उप प्रमुख पदमा बसेका महिलाहरुले अबको महिला नेतृत्वको स्थायीत्व को लागी राजनैतिक, बैचारिक तथा शैद्धान्तिक बहस थाल्नु नै आजको आवश्यकता हो ।

लेखक ‘महिला अधिकारकर्मी’ रेसुङ्गा नगरपालिका ९ गुल्मी निवासी हुन्