सञ्चार माध्यमहरु भ्रष्टाचारको बिषयमा समाचार लेख्न चुकेको सम्पादकहरुको निष्कर्ष

पुस २८, काठमाडौं । मूल धारका सञ्चार माध्यमका सम्पादकले मिडियाले स्थानीय तहमा भइरहेका राम्रा नराम्रा पक्ष र भ्रष्टाचारको बिषय उजागर गर्नमा चुकेको बताएका छन् । संघीयता संगै स्थानीय तह सबैभन्दा प्रभावकारी सरकारको रुपमा रहेपनि स्थानीय स्तरमा अनियमितता र भ्रष्टाचार पनि मौलाउदै गएकोमा चिन्ता व्यक्त व्यक्त गर्दै सम्पादकहरुले त्यसलाइ उजागर गर्नमा मिडियाहरु चुकिरहेको बताएका हुन् ।

आज सामुदायिक रेडियो प्रसारक संघ अकोराबलेले सबलीकरण र सुशासनको विषयमा सञ्चार माध्यमको विषयवस्तुका बारेमा गरेको अन्तरक्रिया कार्यक्रममा सम्पादकहरुले संघीयतासंगै सञ्चार माध्यमका बिषयबस्तु बिकेन्द्रीकरण हुन नसकेको बताए । कार्यक्रममा देशसञ्चार अनलाईनका सम्पादक युवराज घिमिरेले समुदायमा भएको कुनै पनि व्यक्ति मिडियाको केन्द्रीय तहमा आउन नसकेको नागरिकहरु जहिले पनि मिडिायको सिमित घेरा भन्दा बाहिरै रहेको धारणा राखे ।

उनले कुनै पनि विषयमा मुद्दा उठाउँदा त्यसको प्रभाव र अन्य पक्षलाई पनि केलाएर सञ्चार माध्यमले समाचार लेखन गर्नुपर्ने भएपनि अझै पनि सञ्चार माध्यमहरु माथि माथिको बिषयमा मात्रै केन्दीत रहेको र यो दुःख पक्ष भएको बताए । गाउँमा रहेका सामुदायिक रेडियोहरुले नागरिकका आवाज बोल्न सक्नुपर्नेमा जोड दिदै उहाँले त्यसको प्रभाव र मापदण्ड पनि निर्धारण गर्नुपर्ने बताए ।

कार्यक्रममा अन्नपूर्ण पोष्ट दैनिकका प्रधान सम्पादक हरिबहादुर थापाले बहिस्करणमा परेका र स्थानीय सरकारबाटै पछि पारिएका समुदायका वा व्यक्तिको मुद्दा उठाउने काममा मिडियाले भूमिका निवार्ह गर्नुपर्ने बताए । उनले पत्रिका नपुगेको ठाउँमा रेडियो सुनिने भएकाले रेडियोले स्थानीय तहमा भइरहेका अनियमितता र भ्रष्टाचारको बिषयमा गम्भिर भएर कलम चलाउनुपर्ने धारणा राखे ।

मुलधारका मिडियामा स्थानीय तहका राम्रा नराम्रा पक्षका बारेमा केही समाचारहरु आएपनि स्थानीय तहका सञ्चार माध्यममा नआउनु दुःखद भएको बताउँदै उनले अब सञ्चार माध्यम त्यता तर्फ केन्द्रीत हुनुपर्ने धारणा राखे । यस्तै अनलाइनखबर डटकमका सम्पादक अरुण बरालले स्थानीय तहमा भएका हरेक बिषय र मुद्दा नै मेन स्ट्रिम मेडियाको समाचार हुन सक्ने भएपनि त्यता तर्फ ध्यान दिन नसकिएको बताए ।

स्थानीय स्तरमा कतिपय अवस्थामा सरकारका प्रतिनिधि र पत्रकारकै मिलेमतो जस्तो पनि हुने भएकाले कतिपय समाचार लुक्ने लुकाइने गरेको पनि उनको भनाइ थियो । कान्तिपुर दैनिकका पत्रकार राजेश मिश्रले रेडियो संख्यात्मक रुपमा बढी भएपनि रेडियोको गुणस्तर कम भएको हो की भन्नेमा चिन्ता व्यक्त गर्दै सञ्चार माध्यमका बिषय बस्तु र गूणस्तरमा बृद्धि गर्नुपर्ने धारणा राखे ।

स्थानीय तहमा गएको स्रोतबाट रेडियोले लाभ लिने क्रम बढेको भन्दै यसले शुसासनलाइ भने कमजोर पार्छ कि भन्नेमा पनि सोच्नुपर्नेमा उनको जोड थियो । कार्यक्रममा अकोराबका महासचिव गोविन्द देवकोटाले जनताले खोजेको सुविधा र हकलाई सुनिश्चित गर्न मेडियाले नै भूमिका खेल्नुपर्ने धारणा राखे ।

उनले सामुदायिक रेडियोले समुदाय र स्थानीय सरकारको सुशासन र सबलीकरणको विषयमा निरन्तर मुद्दा उठाइरहेको पनि उल्लेख गरे । कार्यक्रममा १५ जना मूलधारका सञ्चार माध्यमका सम्पादक तहका पत्रकारको सहभागिता रहेको थियो । सिआइएनबाट