सल्यान छत्रेश्वरी २ का ३४ जना जेष्ठ नागरिकलाई वडाले दियाे न्यानाे कपडा

भिम ब. परियार/ पुस २९, सल्यान । सल्यान छत्रेश्वरी गाउँपालिका वडा नं. २ का ७५ वर्ष माथीका जेष्ठ नागरिकहरूलाई न्यानाे कपडा वितरण गरिएकाे छ । वडा कार्यालयकाे आर्थिक वर्ष  २०७६/०७७ को वार्षिक लक्षित वर्ग अन्तरर्गतको जेष्ठ नागरिक शिर्षककाे ६० हजार बराबरको न्यान्यो कपाडा वितरण गरिएको हो ।

साेमबार एक कार्यक्रमकाे आयाेजना गरेर वडा अध्यक्ष प्रेम बहादुर खडकाले ३४ जना जेष्ठ नागरिकलाई ज्याकेट, उनको टोपी, ट्रवाजर, मोजा, पन्जा हस्तारण गरेका हुन् ।  कपडा वितरण गर्दै अध्यक्ष खड्काले जेष्ठ नागरिकहरूलाइ जाडाेमा चिसोबाट बचाउन प्रत्येक वर्ष यो कार्यक्रम संञ्चालन गर्ने बताए ।

न्यानाे कपडा पाइसकेपछि  बुँरासेका ७५ वर्षिक कर्ण बहादुर विकले न्यानाे कपडा पाउदा आफुलाइ ज्यादै खुसी लागेकाे बताए । उनले आगामी दिनमा पनि वृद्धहरूलाइ कपडा दिन आग्रह गरे ।