अस्पतालको बेडमा थला परेका सल्यान कौछेका भद्र बहादुरलाई शानपाद्वारा सहयोग

पुस २९, सल्यान । विभिन्न रोगले ग्रसित भएर अस्पतालको बेडमा थला परेका सल्यानको शारदा नगरपालिका ६ कौछेका भद्र बहादुर खड्कालाई शारदा नगरपालिकाले आर्थिक सहयोग गरेको छ । बच्चादेखिनै पोलियो भई अपांग बनेका खड्का पछिल्लो समय एपेन्डी साइटिस र पाइल्स रोगले ग्रसित भई सल्यान अस्पतालमा उपचारर्थ छन् ।

घरको आर्थिक अवस्था अति न्युन भएका उनलाई शारदा नगरपालिकाले केहिदिन अघि १० हजार र आज २० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । शारदा नगरप्रमुख सुरेश अधिकारी, प्रवक्ता दिपक हमाल र ६ का वडा अध्यक्ष भिकराज बुढाथोकी गएर सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

रोगले ग्रसित ४५ वर्षका खड्काको पोलियोले गर्दा बाल्यकाल देखिनै सहजरुपमा हिडडुल गर्न सक्दैन्न । उनकी श्रीमती पनि अपांग भएकोले घरको आर्थिक अवस्था ज्यादै कमजोर भएको छिमेकीहरु बताउछन् । सल्यान अस्पतालमा केहि समय अघि अपांगहरुले निशुल्क औषधी सुविधा पाउने गरेपनि अहिले प्रदेश सरकारले त्यो कटौती गरिदिदा अपांग बिरामीहरु निशुल्क सेवा लिनबाट बन्चित भएका छन् ।