छोरीलाई दाईजो हैन् शिक्षा दिनुहोस्

  • करेश्मा गिरी

विवाह पश्चात  केटीको माइती पक्ष (आमाबुबा)ले छोरीलाइ दिएको नगद रूपैँया, धन सम्पति अथवा जिन्सी सामान दाइजो हो । दाइजो दिने र लिने प्रचलन हाम्रो नेपाली समाजमा पहिले देखि नै रहेको पाइन्छ ।  यहि प्रथाका कारण समाजमा थुप्रै सामाजिक विसंगतीहरू निम्तिएका छन् ।

विवाह भनेकाे छोरीहले दाइजोको नाममा आफुलाइ जन्मदिने बुबाआमालाइ छोडेर पराइगरमा जाने हाे । जहाँ आफ्ना रङगीन सपना बुनिएका हुन्छन् । छाेरीलाइ जति जाइजाे दिएपनि उनीहरू पराइघर जाँदा कहिल्यै  सन्तुष्ट भएका हुँदैनन्।

दाइजो पाइने आशमा कती पुरुषहरूले दोस्रो-तेस्रो विवाह समेत गर्ने गरेका हुन्छन् । कतिले दाइजोकै कारण घरबार छोड्नु पर्ने हुन्छ भने कतिले त अझ दाइजोको नाममा आफ्नो कलीलो  जिवन त्याग्नु पर्ने सम्मका घटनाहरू हुन्छन् । याे भन्दा ठुलो सजाय त अरु जिवित प्रणीमा अझै के नै होला र ? बिचरा ती छोरीको त्यो बाध्यता हो । विवाहपूर्व दाइजोको यति महत्व थाहा पाउथिन भने ति अविवाहित नारीलाइ त्यो घरको पनि के माहत्व हुन्थ्यो, त्यो परिवार सँग नाता जोड्न् पनि उचित हुनेथिएन् ।

दाइजो प्रथा हाम्रो समाजको मुख्य समस्याको रुपमा जरा नै गाडेको छ भन्दा फरक नपर्ला । छोरीलाइ दाइजोको नाउमा ठुलो ठुलो धन राशी खर्च गर्न तम्सीने ती अभिभावकहरु सोहि बराबर पढाइमा लगानी लगाउन  हिचकिचाउछन् कतिपयले त झनै छोरीलाइ दाइजो दिने नाउमा आफ्नो भएको धन सम्पती समेत त्याग्न पुग्छन् ।

छाेरा बुढेसकालको सहार हाे भन्दै राम्रो शिक्षादिक्षा दिनुपर्ने, छोरालाइ भने पराइ ठानेर दाइजाे दिएर पठाउने हाम्राे समाज छ । छाेराले उचित किसमको शिक्षा नपाए भविश्यमा आमाबुबाको समस्या बुझ्दैन् त्यसको भविश्य अन्नयोल हुन्छ भन्ने सोच छ हाम्राे समाजमा । र हरेक व्यक्तीले यस्तो सोच बदल्न  जरुरी छ । साेच बदल्नु पर्छ भन्दैमा छोरालाइ शिक्षाबाट बञ्चीत गर्न खोजेको हैन् छोरा छोरी दवै भविश्यका सहारा सम्झेर दुवैलाइ शिक्षीत बनाउनु पर्छ ।

छाेरीलाइ दाइजाे दिने पैसाले पैसा उसकाे पढाइमा खर्च गरे छाेरीकाे घरबार विग्रदैन् । छाेरीलाइ दाइजाे नदिएर बरु शिक्षा दिए हुनेथियाे । आफ्नो भविश्य आफै निमार्ण गर्नमा अग्रसर हुनेथिए ती छाेरीहरू । र बाउआमाका सहारा बन्न सक्षम हुनेथिए ।

प्रया दाइजो दिने र लिने प्रचलन गन्ने, मान्ने हुनेखाने परीवरमा रहेको पाइन्छ । उता केटा पक्षबाट भने ती बुबाआमाका दाइजोको आशका बुहारी भित्रयाउने लक्ष्य हुन्छ । बुहारी भित्रएमा  आफ्नो घर परिवार धनाद्ये बन्छ भन्ने अन्धविश्वस हुन्छ । केटा पक्षामा भने दाइजो पाएमा मात्र राम्रो खान्दानको छोरी भनेर चिन्ने गरेको पनि हामी महिलाको भागाइ मध्यको कहिलै बिर्सन नसक्ने क्षण बनेको छ ।

सबै हिसाबले पछाडी परेको भन्नाले पनि छोरा समान हुन नसकेका ति छोरी पराइ घर जादाँ पनि सन्तुष्टी नमिलेको देखीन्छ । कतिपए विवाहित छोरीहरु यहि दाइजो प्रथा प्रथाबाट बिचल्लीत छन् भने अविवहाित छोरी पनि दाइजो डरमा छट्पटाइ रहेका छन् ।

जहाँ सम्म मलाइ लाग्छ अशिक्षीत छोरी छ भने त्यसलाइ दाइजो दिन अनिवर्या मान्छन ति अभिभावकहरु । किन भन्दा पढ्न पाएकी छैन अब सम्पती दिनुपर्छ भन्ने जवाफ ती अविभावकको हुन्छ । केटा पक्षाको त अझै भन्ने हो भनेत कुनै परिवार यस्तो सम्म हुन्छ कि तोकिए बमोजिम दाइजो नदिदा छोरी लिन नै नमान्ने ।

केटी पक्षाको आर्थिक हैसेत हेरेर विवाह गरेको पनि देख्न, सुन्न,पढ्न अनि भोग्ने पनि गरेका छौ । त्यस्तै गरी आर्थिक हैसेत बराबर शैक्षिक हैसेत हेरिने गरेमा सायत छोरा बराबरको शिक्षा पाउने अवसर मिल्ने थियो । आजभोली शिक्षा र चेतनाका कारण दाइजाे प्रथा केहि मात्रामा घट्दै छ । यसलाइ पूर्णरुपले निर्मुल पार्न सबै मानिसहरुलाइ शिक्षा प्रदान गर्नुपर्छ र समय समयमा दाइजो प्रथा बिरुद्धका कार्यक्रमहरु गरिनुपर्छ ।

प्रकाशित मिती २०७६ माघ १५ गते