सुनकाे भाउ घट्याे

माघ २२, काठमाण्डाै सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले घटेको छ । सुन बुधबार तोलाको ७५ हजार दुई सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

मङ्गलबार तोलामा पाँच सय रुपैयाँले घटेको सुनको भाउ आज तोलामा ८ सय रुपैयाँ घटेको हो । अन्तर्राष्ट्रिय बजारमा शेयर कारोबारमा सुधार आएपछि सुनको भाउ घट्न थालेको महासङ्घअन्तर्गतको भाउ निर्धारण समितिले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताको आकर्षण सुनमा बढ्दा भाउ बढ्ने र घट्दा भाउ पनि घट्ने गर्छ । मङ्गलबार शेयर कारोबार उकालो लागेपछि सुनको भाउ घटेको समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिनुभयो ।