बालुवाटार जग्गा प्रकरण : विजयकुमार गच्छदार सांसदबाट निलम्बित

माघ २२, काठमाडौँ । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार सांसद पदबाट निलम्बित भएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटार स्थित ललिता निवास जग्गा अनियमितता प्रकरणमा संलग्न रहेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेपछि गच्छादारको सांसद पद स्वत: निलम्बनमा परेको हो।

अख्तियारले यस प्रकरणमा १७५ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो।

अख्तियार स्रोतका अनुसार त्यसबेलाका उपप्रधान तथ भौतिक योजनामन्त्री विजयकुमार गच्छदार, तत्कालीन भूमिसुधारमन्त्री डम्बर श्रेष्ठ र अर्का पूर्वमन्त्री चन्द्रदेव जोशीविरुद्ध मुद्दा दायर गरेकाे हाे।

त्यस्तै भ्रष्टाचारमा संलग्न रहेको आरोपमा तत्कालीन सचिवहरु दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारीमाथि पनि मुद्दा दायर भएकाे छ।