ललितानिवास जग्गा प्रकरण : माधवकुमार नेपालले दिए यस्ताे प्रतिक्रिया

माघ २४, माेरङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले ललितानिवास जग्गा प्रकरणमा आफ्नो कुनै गल्ती र संलग्नता नरहेको बताएका छन् ।

शुक्रवार मोरङ तथा इटहरी उपमहानगरपालिकाका अगुवा कार्यकर्तालाई प्रशिक्षणको क्रममा उनले बिना आग्रह पूर्वाग्रह दोषीलाई नछाड्ने र निर्दोषलाई अख्तिायारले निष्पक्ष छानबिन गर्नुपर्ने बताए ।

छानबिनबाट मेरो दश पुस्ताभित्रको मानिसको नाममा त्यस स्थानमा जग्गा छ भने जुनसुकै कारवाही पनि भोग्न तयार रहेको उनले बताए । भरखरै धरान उपमहानगरपालिकामा नेकपाको हार के कारणले भएको हो गम्भीर रूपमा कार्यकर्ता तथा नेताले सोच्नुपर्ने वरिष्ठ नेता नेपालले बताए ।