चीनकाे वुहानबाट यसरी लग्यो बेलायतले आफ्ना नागरिक

माघ २६, चीन । कोरोना भाइरसको महामारीबाट प्रभावित चीनको वुहानबाट बेलायतले आइतबार अन्तिम पटक आफ्ना नागरिकको उद्धार गरेको छ।

बेलायतले यसअघि नै त्यस क्षेत्रबाट आफ्ना करिब १ सय  ५ नागरिकको उद्धार गरिसकेको छ। बेलायती शाही सेनाको विमानमार्फत्  कोरोना भाइरस संक्रमणको केन्द्र वुहानबाट २ सय बेलायती नागरिकको उद्दार गरिएको हो।

उद्धार गरेर ल्याइएका उनीहरुलाई बेलायती सहर मिल्टन किनेसमा रहेका सम्मेलन केन्द्र  होटेलमा १४ दिन राखिने छ। उद्धार गरेर ल्याइएका नागरिकहरुले अनुहारमा मास्क र शरीर ढाक्ने गरि विशेष खालका पोसाक पहिरिएका थिए।  उद्धार गरिएकामध्ये ९५ जना युरोप क्षेत्रका नागरिक थिए ।

-एजेन्सी