शारदा नदि नियन्त्रणकाे लागि ठुलाे प्राेजेक्ट बनाउछाैं : मुख्यमन्त्री शाही

माघ २९, सल्यान । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले सल्यानकाे शारदा नदि नियन्त्रणकाे लागि एउटा ठुलाे प्राेजेक्ट बनाउने बताएका छन् । सल्यान उद्याेग वाणिज्य संघले संचालन गरेकाे प्रादेशिक कृर्षि, पर्यटन, उद्योग, व्यापार तथा सांस्कृतिक महोत्सवकाे बुधबार सल्यान श्रीनगरमा उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले सल्यानकाे मुख्य प्राेजेक्टकाे रूपमा शारदा नदिकाे तडबन्ध बनाउने बताएका हुन् ।

तडबन्धकाे लागि तत्काल प्रदेशबाट इन्जिनियरकाे टिम पठाएर अध्यानअनुसन्धान गर्ने उनले बताएका हुन् । शारदा नदिले धेरैकाे उब्जाउ जमिन मासेकाे भन्दै उनले त्यसलाइ राेक्नकाे लागि तडबन्धकाे आवश्यक रहेकाे उनले बताए । उनले सल्यान जिल्लाका अन्य याेजनाकाे अनुसन्धान गरेर त्यहि अनुसार बजेट छुट्याउने बताएका छन् ।

त्यसैगरी उनले परम्परागत तरिकाले विकास नहुने पनि बताएका छन् । पुरानै तरिकाले विकास गर्दा विकास निर्माणका कामहरु सुस्त गतिमा हुने भएका कारण परम्परागत तरिकाले विकास गर्न नसकिने उनको जोड थियो ।

मुख्यमन्त्री शाहीले विकासका याेजनाहरूमा बजेट हाल्ने र भाेट माग्ने प्रवृति भएकाे बताए । आफ्ना मान्छेलाइ याेजना दिने र भाेट माग्ने पुरानाे प्रवृति कर्णाली प्रदेशमा पनि हावी भएकाे उनकाे भनाइ थियाे । अब बै.क याेजना बनाउनु पर्ने उनले बताए ।

निर्माण व्यवसायीका कारण पनि केही आयोजनाहरु सम्पन्न हुन नसकेको बताउदै उनले तोकिएको समयमा काम नगर्ने ठेकेदारलाई कारवाही गर्ने कानुन नभएको बताए । उनले आगामी दिनमा निर्माण कार्य सम्पन्न ताेकिएकाे समयमा सम्पन्न गर्नकाे लागि कडा कानुन बनाउने बताए ।

कार्यक्रमको प्रमुख अतिथि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको रहेको थियोे । कार्यक्रमको विशिष्ट अतिथिको रुपमा प्रतिनिधि सभाका सांसद टेकबहादुर बस्नेत, कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, नेपाल उद्योग वाणिज्य महासंघ नेपालीका उपाध्यक्ष चन्द्र ढकाल, मुख्यमन्त्रीका राजनीति सल्लाहकार भीम प्रकाश शर्मा, जिल्ला समन्वय समिति सल्यानका प्रमुख केश बहादुर विष्टको रहेको थियो ।

सल्यान उद्योग वाणिज्य संघका अध्यक्ष बीरबहादुर चलाउनेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव भरत बस्नेतले गरेका थिए । महोत्सव आगामी फागुन ११ गतेसम्म संचालन हुनेछ ।