‘हिजाे जनमुक्ति सेनालाइ शोषण गर्नेहरू आज अन्तराष्ट्रिय दलाल बनेका छन’

  • असल क्षेत्रि

नेपाललाई सर्बहारा वर्गको नेतृत्वमा सत्ता स्थापना गर्ने उदस्य सहित महान जनयुद्ध शुरु भएको २०७६ फागुन १ गते २५ वर्ष पुग्दैछ । यो दिन विश्व सर्बहारा वर्ग र नेपाली श्रमिक जनताको निम्ति सुखद र गौरवपूर्ण दिन हो । यस दिनलाई हर्ष र उल्लासपुर्ण ढङ्गले मनाउन जरुरी छ । विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक रहेको त्यो घडिमा सगरमाथाको देश नेपालवाट विश्वभरका सर्बहारा वर्गका निम्ति रातो हसिया हतौडा अंकित झण्डा फहराएको दिन ।

२०५२ फागुन १ गते महान जनयुद्ध शुरुवात भएको दिन । क्रान्ति¬(जनयुद्ध)का ज्वालाहरु विभिन्न कालखण्डमा विभिन्न ठाउहरुमा विभिन्न ढङ्कले उठने गरेका छन । ति क्रान्तिका ज्वालाहरु कुनै कुनै विजयको झण्डा फहराएर सत्ताको तह सम्म पुगेका छन भने कुनै क्रान्तिका ज्वालाहरु विचवाटोमा नै निभ्ने गरेका छन । पछेल्लो दशकमा बिश्वभर कम्युनिष्ट ज्वाररभाटाहरु धेरै ठाउमा उठे पनि क्रान्तिहरु सम्पन्न हुन सकेनन ।

नेपाल पनि त्यसको अपवाद हुन सकेन । जुन उदस्य लक्ष सहित नेपालमा माओवादी जनयुद्ध शुरु भएको थियो तथापी नेतृत्वको धोकाधडि र गद्धारीका कारण नेपाली क्रान्तिको ज्वालाले पनि सेटब्याक खाना पुग्यो । नेपालमा उठेको माओवादी जनयुद्धको ज्वारभाटा बिश्व कम्युनिष्ट आन्दोलनको एउटा हिस्सा वनिसकेको थियो र विजयको सन्नीकट पुगिसकेको थियो ।

संभवव त बिश्व कम्युनिष्ट आन्दोलनमा यति ठुलो बिजयको नजिक पुगेको कम्यनिष्ट आन्दोलन सोहि क्रान्तिका नायक मानिने मुख्य नेताको नै गद्धारीका कारण सेटब्याक खाएको पहिलो इतिहास नै होला । दोश्रो तेश्रो तहका नेताले गद्धारी गर्ने तर मुल नेताले त्यसलाइ संमालेका इतिहासहरु त थुप्रै भेटिन्छन ।

त्यस्तै मुख्य नेताको मृत्यु पछि पनि कयौ क्रानितले पराजय ब्यहोरेका इतिहासहरु पनि थुप्रै छन । तर आपनै जिवनकालमा मुख्य नेतावाट नै यति ठुलो क्रान्तिलाइ धोका र गद्धारी सम्भवत विश्व कम्युनिष्ट आन्दोलन कै लज्जाको बिषय बनेको छ ।

दश बर्षे जनयुद्धको मुल उदस्य दिर्घकालीन जनयुद्धको माध्यमवाट देशलाइ सम्पुर्ण शोषन अन्याय अत्याचारवाट मुक्त गर्ने र नेपालमा जनताको सुन्दर ब्यवस्था नया जनवादी गणतन्त्र नेपालको निर्माणको सपनामा तुसारापात त्यति वेला भयो जतिवेला मुख्य नेताहरु नै पुजिवादी साम्राज्यवादका गोटि भएर आफैले गरेको क्रान्तिको गला निमोठे । जनयुद्धको सुन्दर सपनावाट संसदिय पुजिवादको रसातलमा पसेर जनयुद्धका सम्पूर्ण उपलब्धीहरुलाइ लिलामिको भाउमा दलालहरुलाइ बिक्रि गरे ।

यदि नेपालमा भएको जनयुद्धलाइ सहि ढङ्कले नेताहरुले नेतृत्व गर्न सकेको भए जनताले पुरानो संसदिय ब्यवस्थालाइ कायापलट गरी दिन सक्ने स्थिति थियो । नेपाली श्रमिक जनताले रगतको मुल्यद्धारा निमार्ण गरेका सम्पूर्ण उपलब्धिहरु गलत नेतृत्वको कारणले क्षणभरमा नै खरानी हुन पुगे । यसले के कुराको पुष्टि गर्दछ भने हरेक क्रान्तिमा नेतृत्व र बिचारको सबै भन्दा अब्बल भुमिका रहन्छ ।

जव सम्म बिचार नेतृत्व सहि थियो समग्र नेपाल माओवादीमय थियो, क्रान्तिमय थियो, कार्यकर्तामा, नेताहरुमा त्याग, बलिदान र समर्पणको उच्च नमुना थियो । नेपाली श्रमिक जनताको महान शहिदहरु तथा बेपत्ताहरुको, घाईते अपाङहरु र लाखौ लाख कार्यकर्ताहरुको सपनाहरुको हत्या गरेर के हि मुठिभर टाठावाठा नेताहरु आलिसान जिवनमा दलाल पुजिवादी साम्राज्यवादीहरुको पिछलग्गु वनेर जनयुद्ध र जनयुद्धका उपलब्धि प्रति नै धारे हात लगाउने भएका छन ।

हिजो माओवादी जनयुद्धका सपना बोकेका मान्छेहरु आपन्त गुमाएका शहिद परिवारहरु घाइते अपाङ्क भएर धौ धौ जिविको धानीरहेका मान्छेहरु निरास जिवनका साथ घर फर्काइएको छ । शहिद बेपत्ताका आफन्तहरु आपना आफन्त गुमाएकोमा त्यति शोकाकुल थिएनन जति जनयद्धका सपनाहरुको हत्या र के हि नेताहरुको गद्धारीले शोकाकुल भएका छन ।

हिजो जनयुद्धमा जिवन र मृत्यु साधेर सक्रियतापुर्वक काम गरेको शक्ति त्यहि कारणले आज डिप्रेसनको सिकार बन्दै गएको छ भने के हि चोरचङखे टाठाबाठाहरु धन कमाउने कुवेर वनेका छन । इमान्दार सोझासिधा कार्यकर्ता आपनो जिवनको उर्वर शक्ति जनयुद्धमा लगानी गरेकाहरुको हालत दयनिय बन्दै गैरहेको छ । न त संसदिय राजनितिमा काम गर्न सकने क्षमता छ न त के हि नया गर्न सक्ने जोस जागर वचेको छ ।

जनयुद्धले नया समाज बिकासको गति पकडेको वेला नेताहरुले चौवाटोमा छोडिदिदा न घर न घाटको स्थिति वनेको हो । हिजोको जनमुक्ति सेना आज खाडिको घाममा भेडा चराउने, कुल्ली र गुलामी गरीरहेका छन । जुन स्वाभिमान सम्मान र हैसियत थियो सबै समाप्त वनाइएको छ । आज त्यहि कारणले अपमानको जिवन बाच्न वाध्य वनाइएको छ ।

जनमुक्ति सेनालाइ क्यान्टोन्मेन्टमा राखेर शोषण गर्ने ठुला तहका कमाण्डरहरु ठुलठुला ठेकेदार र अन्तराष्ट्रिय लेभलका दलाल बनेका छन । इमान्दारहरु माथी दिमाग नभएका लठौराहरुको संज्ञा दिन्छन । धोका गद्धारी र नेतृत्वको आत्मसर्मपन पछीको पिडादायि जिवन धेरैले वाच्न बाध्य भएका छन ।

जनयुद्ध दिवसको कुरा गर्दा त्यसका नकारात्मक पात्र र सकारात्मक लक्षहरुको अवस्था बारे हामीले माथी चर्चा गरयौ । क्रान्ति कसैले छोडेर नहुने भन्दा पनि समाजमा भएको असंगतीले क्रान्तिलाई झन अनिवार्य वनाउदै गएको छ । जनयद्ध एक महान कार्य हो जनयुद्ध दिवस अथार्त फागुन १ गौरवपूर्ण दिन हो ।

जनयद्धका सकारात्मक उपलब्धिहरु र शान्ति प्रक्रियाका नकारात्मक शिक्षाहरुको साझा संस्लेषणको रुपमा पूनः एकिकृत जनक्रान्ति मार्फत नया संस्लेषण भएको छ । धोका गद्धारी र जनयुद्धका सपनाहरुको विचवाट सानो तर ससक्त क्रान्तिको झिल्को वलेको छ । हत्या गरीएको जनयुद्धको खरानीवाट उब्झिएको एकिकृत जनक्रान्तिको झिल्को बिस्तारै ज्वाला वनेर उठदै छ । जनयुद्धमा रगत पसिना वगाएका मान्छेहरु पूनः जलमलाएका छन, मनमा आसाको त्यान्द्रो सलवलाएको छ ।

जनयुद्धमा शहिद हुनेहरुको श्रृखलामा एकिकृत जनक्रान्तिका शहिदहरु पनि थपिएका छन । क्रानितले नया गति समातेको छ । सच्चा जनयुद्धका अनुयायी आज एकिकृत जनक्रान्तिका नायकहरु वनेका छन । अधुुरा अपुरा जनयुद्धका सपनाहरु एकिकृत जनक्रान्तिमा जोडिएका छन । जनयुद्धका मुल नेताहरुले चौवाटोमा पयाकेको क्रान्तिको झण्डा पून नया ढङ्गले नया नेताहरुले उठाएका छन ।

एकिकृत जनक्रान्ति जनयुद्ध कै निरन्तरता हो । जनयुद्धमा बलिदान गर्ने महान शहिदहरुको रगतको मुल्यवोध हो एकिकृत जनक्रान्ति । एकिकृत जनक्रान्ति आजको माक्र्सवाद हो । जनयुद्धका समग्र सपनाहरुको एकिकृत मुल्यवोध नै आजको क्रान्ति भएकोले सवैले आशा विश्वासका साथ पूनः त्याग वलिदान र सर्मपन सहित लाग्न पर्ने शन्देश २५ औ जनयुद्ध दिवशले नया शन्देश दिएको छ ।

आज एक हुल मान्छे जनयुद्धका सपनाहरु देखि धेरै टाढा पुगेका छन गद्धारी गरेका छन जनयद्ध र त्यसका उदस्यहरु माथी घात गरेका छन तिनिहरुको लागी जनयद्ध केवल रोमान्स होला अवको क्रान्तिले जनयुद्ध र त्यसका उदस्यमाथी घात गर्नेहरुलाइ पर्दाफास गर्ने र तिनहरुले अंगालेको दलाल संसदिय पूजिंवादी ब्यवस्थामाथी धावा वोली ध्वस्त पार्ने शन्देस दिएको छ । दलाल पूजिवादले छिया छिया पारेको आजको समाजलाई रुपान्तरण गर्ने र त्यसको ठाउमा नया शुन्दर बैज्ञानिक समाजवादको स्थापना गर्ने महान सपना वोकेको एकिकृत जनक्रान्ति दुष्मनका हजारौ षडयन्त्रहरुलाइ धुलो चटाउदै पूनः क्रान्तिमय वन्दै गएको छ ।

त्यति बेला धुमधामका साथ जनयुद्ध दिवस मनाउन दुष्मनको कथित प्रतिवन्धका कारण संभव त छैन नै तथापी आपनो गाउ समाज र ठाउमा जनयुद्ध दिवसको रौनकमा एकिकृत जनक्रान्ति थपिएकोले नया शन्देश दिइरहेको छ । आजको सच्चा क्रान्तिकारी शक्ति र जनयुद्धको निरन्तरताको शक्ति केवल एकिकृत जनक्रान्ति नै हो ।

तारे होटलहरुमा हुस्कि र ब्राण्डीका वोतलहरु फोरेर रोमान्सकारी जनयुद्ध दिवस मनाउनेहरुलाइ एकिकृत जनक्रान्ति र वास्तविक जनयुद्ध दिवश कस्तो हुन्छ भन्ने कल्पना समेत गर्न सक्दैनन । क्रान्ति निर्मम हुन्छ । क्रान्तिले अनिवार्य सबै दलाल र गद्धारहरु संग एकदिन अवस्य वदला लिने नै छ ।

आज श्रमिक जनतालाइ शोषण गरेर धन कुवेर बनेका पूर्व कम्रेडहरु, अन्तराष्ट्रिय दलाल वनेका पुर्व कम्रेडहरु, ठुलाठुला महलका मालीक वनेका पूर्व कम्रेडहरुले जनयुद्ध दिवस मनाउनुको कुनै अर्थ छैन । केवल जनयुद्ध दिवस मनाउने हक क्रान्तिको वाटो नविराएका, कि मृत्यु कि मुक्ति भनेर आपनो घरवार त्यागेका, जिन्दगि हत्केलामा राखेर क्रान्तिको झण्डा वोकेका महान यात्रिहरुलाई मात्र छ ।

आजका क्रान्तिका महान यात्रि भनेका एकिकृत जनक्रान्तिका महान योद्धाहरु नै हुन । ति महान योद्धाहरु भनेका नेपाल र श्रमिक नेपाली जनताका वास्तविक मुक्ति दाता हुन । २५ औ जनयुद्ध दिवसका साथमा एकिकृत जनक्रान्तिको नया शन्देश सहित मनाऔ । एकिकृत जनक्रान्ति सत्य न्याय र मुक्तिको बाटोमा छ । एकदिन अवस्य सफल हुने छ ।