दङ्गीशरण ५ मिरौलीमा महापुराण सुरु

फागुन १, दाङ । श्री महेश्वर शिवालय मन्दिर दङ्गिशरण ५ मिरौली दाङको प्राङ्गणमामा आज बाट श्रीमद भागवत सप्ताह ज्ञान् महायज्ञको आयोजना गरिएको छ ।

नेपाली काङ्ग्रेसका नेता एवम् सिचाइ मन्त्री दिपक गिरिको प्रमुख आतिथ्यतामा आज उक्त सप्ताहको उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा प्रदेश सदस्य धमकली चौधरी , प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको विशेष उपस्थिति थियो ।

सो कार्यक्रममा नेपाली काङ्ग्रेसका केसब राज आचार्य , सुरेस हमल लगायतले महायज्ञले सत्कर्मको बाटो देखाउने र हरेकले पुरानमा आएर कथा सुन्नुपर्ने बताए । सप्ताहमा कलस यात्रा गरिएको थियो ।

फागुन १ गते बाट ९ गते सम्म चल्ने पुरानको मुख्य कथा बाचकमा नेपालका ख्यातिप्राप्त पन्डितद्वय राम चन्द्र तिमिल्सिना र १०८ भागवत अभियान्ता हरि चन्द्र तिमिल्सिना हुनुहुन्छ । साथै स्थानीय भजन मन्डलीले पनि भजनकृतन एवम् नाटक प्रस्तुत गर्ने छन ।

उक्त कार्यक्रममाआई कथा सर्बन गर्न सबैलाई मन्दीर व्यवस्थापन समितिका संयोजक टोप बहादुर हमालले आग्रह गरेको छ ।