कारागार भित्रका विप्लव नेकपाका नेताले मनाए जनयुद्ध दिवस

फाल्गुन ०२, बाजुरा । नेत्र बिक्रम चन्द ‘विप्लब’ नेतृत्वका बन्दी नेता तथा कार्यकर्ताहरुले बाजुरा कारागार भित्रै २५औं जनयुद्द दिबश मनाएका छन् । कार्यक्रमलाई प्रमुख अतिथि रहेका आदर्श लगायत अन्य अतिथिहरुले सम्बोधन गरेका थिए ।कार्यक्रममा चियापान कार्यक्रमका साथै भलिबल प्रतियोगिता पनि भएको थियो ।

नेकपाका केन्द्रिय नेता चुडामणि ओली आदर्श सहित १६ जना गौमुल गाउँपालिका ३ माझपालीबाट कार्तिक २२ गते गिरफ्तार भएका थिए । जसमा मध्ये ५ जना महिला र ११ जना पुरुष रहेका थिए । गिरफ्तार भएको ६७ दिनसम्म हिरासतमा राखेको थियो ।कारागार भित्र मनाइएको जनयुद्द दिवसलाई डम्बर बहादुर सुनारले संचालन गरेका कार्यक्रमलाई मधुविलास रावतको सभापतित्व रहेको थियो । कार्यक्रमको प्रमुख अतिथि चुडामणि वली ‘आदर्श’ रहेका थिए भने अतिथिमा बिर बहादुर तिरुवा रहेका थिए । धर्म राज सुनारले स्वागत मन्तब्य दिएका थिए ।

बन्दिहरुको आक्रोस

हिरासतमा रहदा भेटघाट तथा सुचना संचारमा प्रतिबन्ध लगाएर गिरफ्तार बन्दिहरुलाई शारीरिक तथा मानसिक यातना दिएको नेता आदर्शले बताए । महिला प्रहरी हुँदाहुँदै पुरुष प्रहरीले महिला बन्दिहरुलाई कुट्पिट गरेको र अन्य सबै बन्दिहरुलाई झुन्ड्याएर, करेन्ट लगाएर कुट्पिट गर्दै मानसिक यातना समेत दिएको ओलीले खुलासा गरे । गिरफ्तार १६ जना एक महिना सम्म दिशाबाट रगत पर्नेगरि यातना दिएको उनले आरोप लगाए ।डिएसपी उद्दव सिङ भाटले स्वयम् आफै यातना दिएको ओलीले बताए, भाट अहिले सरुवा भएर टेकुमा रहेका छन् ।

खालि कागजमा जबर्जस्ति सहिछाप गराएर कृते कागज गराई मुद्दा दर्ता गराएको आरोप लगाए । बिग्रेको एउटा कट्टा र थ्री नट थ्री राइफलका ३ वटा गोली लगायत विस्फोटक पदार्थको कृते कागज गराई डिएसपी भाटले पिडितहरु माथि मुद्दा चलाएको भन्दै वलीले आक्रोस पोखेका थिए ।

कार्यक्रममा चुडामणि ओली लगायतका बक्ताहरुले यातना दिएको भनिएका डिएसपीलाई छानबिन गरि क्षेतिपूर्ति सहित आबस्यक कारबाही गराउन मानब अधिकारबादीहरु समक्ष हारगुहार गरेका छन् । साथै छानबिन आयोग गठनगरि सरकारले आबस्यक कारबाही गर्न मागगरेका छन् । डिएसपी जस्तो व्यक्तिले गुण्डागर्दी शैलीमा नेपाल सरकारको कानुन भन्दामाथि रहेर बन्दीमाथि हर्कत गर्न नहुने आक्रोस पोख्दै ओलीले प्रतिकार गरेका छन् ।

कारागारको क्षमता २५ जनाको रहेको तर ५२ जना थुनुवाहरुलाई संगै राखेकोले विभिन्न सरुवा रोगको समस्या झेली रहेको बन्दिले बताएका छन् । बाजुराको मार्तडीमा दिर्घकालिन स्वास्थ्य उपचार नहुने हुँदा बन्न्दिहरुले थप समस्या झेलिरहेको बताए ।गणतन्त्र ल्याएको कुर्सीमा बसेर गरेको पदको दुरुपयोग गर्दै गुण्डागर्दी शैलीमा गलत गर्ने र कृते कागज गराई नेपाल सरकारको कानुनलाई समेत धज्जी उडाउने डिएसपी उद्दव सिङ भाटलाई हदैसम्म कारबाही नभए, न्यायका लागि जनता समक्ष जाने बक्ताहरुले प्रतिबदता जाहेर गरेका थिए ।