सल्यानका आइएमइ संचालक श्रेष्ठ ११ दिनदेखि सम्पर्क बिहिन, खोजिदिन परिवारको आग्रह

फागुन २,सल्यान । सल्यानको शारदा नगरपालिका वडा नम्बर ३ खलंगा निवासी आइएमइ सन्चालक उत्सव श्रेष्ठ विगत ११ दिन देखी घर परिवाको सम्पर्कमा नआउँदा परिवारले खोज तलाशीका लागी सबैमाम अनुरोध गरेको छ । श्रेष्ठकी पत्नी संगीता श्रेष्ठका अनुसार माघ २१ गते बिहान छोराको छैठी गरेको र खाना खाएर करिब १० बजेतिर पतिले सधैंजस्तै आइएमइ खोलेेका थिए ।

केहि समय पछि नियमित सेवाग्रही आउँदा दुइ जना सेवाग्राहीसंग केही भनसुन भएको थियो । सेवाग्राही हरु कराइ रहेको आफुले सुनेको र त्यसपछि उनी कहाँ गएको आफुलाइ थाहा नभएको पत्नी संगीताले  बताइन ।

उनले प्रहरीमा समेत खोज तलाशीका लागी निवेदन दिइ सकेको समेत जानकारी दिएकी छन् । यता जिल्ला प्रहरी कार्यालय सल्यानले घरबाट सम्पर्क बिहिन भएका श्रेष्ठको खोजतलाशी गरि दिन भनेर निवेदन आएको दिन देखी खोजतलाशी शुरु गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले श्रेष्ठको खोजतलाश कालागी मातहतका प्रहरी युनिटलाइ नाम र हुलिया सहित खबर गरि सकेको र खोज तलाश जारी रहेको बताए ।

सम्पर्क विहिन  भएका श्रेष्ठलाइ कोही कसैले देखेमा मोवाइल नं ९८४७८४४५८४ मा खबरगरी सहयोग गरीदिन हुन परिवारले अनुरोध गरेको छ । उनी संपर्क बिहिन भएदेखी उहाको सम्पूर्ण परिवार अत्यन्त दुखी र चिन्तित भएको छ ।