सिन्धुलीमा प्रहरी जवानले आफूमाथि नै गाेली चलाए

फाल्गुन,२ सिन्धुली – जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत एक प्रहरी जवानले आफैँलाई गोली हानेका छन । महोत्तरी घर भई जिप्रकामा कार्यरत प्रहरी जवान चन्द्रकिशोर रायले आज आफैँलाई पेटमा गोली हानि गम्भीर घाइते भएका छन ।

घाइते रायको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ पठाइएको छ । रायको पेटमा गोली लागेको र यहाँ उपचार सम्भव नभएपछि एम्बुलेन्समार्फत थप उपचारको लागि काठमाडौँ पठाएको छ। गोलि हान्नुको कारण खुल्न नसकेको र आवश्यक अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।