सल्यानकाे छत्रेश्वरी मन्दिरमा हजाराैंकाे भिड (फाेटाे फिचर)

फागुन ९, सल्यान । महाशिवरात्रीको अवसरमा आज सल्यानकाे छत्रेश्वरी गाउँमापालिकामा पर्ने छाँयाछेत्र मन्दिरमा हजाराैं दर्शकले दर्शन गरेका छन् । सल्यानका विभिन्न ठाउँसँगै  दाङ, रुकुम र रोल्पा लगाएतका जिल्लाबाट शिवरात्री मनाउन यहाँ भक्तजनहरूकाे घुइचाे लागेकाे थियाे ।

मन्दिरसम्म पुग्नलाई गाउँपालिकाले फराकिलो सडक समेत निर्माण गरेको थियो । मेलामा भक्तजनहरुलाइ मन्दिर दर्शन गर्ने व्यवस्था मिलाइएकाे थियाे । दर्शकहरूका लागी गाउँपालिकाकाे सहयाेगमा नियाेलिंकले फ्रि इन्टरनेटकाे व्यवस्था गरेकाे थियाे ।

त्यस्तै जेसीस सल्यानले पनि भक्तजनहरूका लागि शुद्ध खानेपानीकाे समेत व्यवस्था गरेकाे थियाे । जेसीसमा आवद्ध श्रीनगरका गंगामाला काेल्ड, श्रेष्ठ काेल्ड स्टाेर र थापा काेल्ड स्टाेरले ६० कार्टुन खानेपानीकाे सहयाेग गरेका थिए ।