विप्लव नेतृत्वको नेकपा सल्यानद्वारा जनयुद्ध र बलिदान दिवसको शुभकामना (विज्ञप्ती)

फागुन १३, सल्यान । सरकारद्धारा प्रतिबन्धीत विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सल्यानले जनयुद्धको २५ औं वार्षिकउत्सव तथा २३ ओ बलिदान दिवसको शुभकामना दिदै मंगलबार एउटा विज्ञप्ती जारी गरेको छ । सो पार्टीका सल्यान इन्चार्ज लोकपाल र सेक्रेटरी तुफानले जारी गरेको विज्ञप्तीमा शुभकामना दिदै उक्त पार्टीले गर्ने कार्यक्रमको बारेमा जानकारी दिइएको छ ।

नेकपा सल्यानले सधैका वर्ष बागचौरमा जनयुद्ध र बलिदान दिवस मनाएपनि यो वर्ष उक्त स्थानमा नमनाउने जनाएको छ । प्रत्येक वर्ष फागुन १४ गतेलाइ बलिदान दिवसको रुपमा सल्यान जिल्लाको बागचौरमा बिषेश कार्यक्रम मार्फत सहिद परिवारलाई सम्मान कार्यक्रम गरेपनि यो वर्ष सरकारको प्रतिवन्धले गर्दा उक्त स्थानमा कार्यक्रम गर्न नसकेको नेकपा सल्यानले जनाएको छ ।

तर जिल्लाका विभिन्न स्थानीय स्तरमा सहिद बेपत्ताका परिवार सम्मान कार्यक्रमहरु हुने र त्यसको लागि स्थानीय कमिटीलाई खटाइएको विज्ञप्तीमा उल्लेख गरिएको छ । उक्त स्थानीय स्तरमा हुने कार्यक्रममा सहभागी भैदिन नेकपाले विज्ञप्ती मार्फत अपिल गरेको छ ।

यस्तो छ विज्ञप्ती