महाेत्सवमा झुटो बोलेर दर्शकहरुलाई ठगेको भन्दै सल्यान उद्योग वाणिज्य संघ भित्रैबाट विरोध

फागुन १३, सल्यान । माघ २९ गतेदेखि सुरु भएर फागुन १३ गते आज समापन भएकाे सल्यान श्रीनगरमा संचालित प्रादेशिक कृषि, पर्यटन, उद्योग, व्यापार तथा संस्कृतिक महोत्सव सुरुका दिनदेखि विवादमा तानिएकाे थियाे । महाेत्सवकाे उद्घाटनका दिन आसनग्रहन तलमाथी बनाएकाे र स्टल राख्ने विषयमा आफुहरू सँग कुनै समन्वय नगरेकाे भन्दै नेकपाका जनप्रतिनिधिहरूले कार्यक्रममा आएर बहिस्कार गरेपछि महाेत्सव विवादमा तानिएकाे थियाे ।

त्यस्तै महाेत्सव सल्यान उद्याेग वाणिज्य संघले नचलाएर अर्काे कुनै व्यक्तीलाइ पुरै ठेक्क दिएकाे र नाम मात्रै संघकाे राखेकाे भन्दै स्थानीय व्यापारीहरू पनि रुस्ट थिए । तर यस विषयमा भने अहिलेसम्म कुनै आधिकारीक कुरा सार्वजनिक भएकाे छैन् । महाेत्सवकाे नाम कृषि, पर्यटन राखेपनि काम भने व्यापारकाे मात्रै भएकाे देखिन्छ । जहाँ एक सय रूपैयाँकाे टिकट लिएर कलाकारहरू देखाउन दर्शकहरू मात्रै भर्ने काम भएकाे देखियाे ।

यसैबीच मंगलबार महाेत्सवकाे अन्तिम दिन राजेश हमाललाइ ल्याउने भनेपछि १० हजारभन्दा धेरै दर्शकहरुको उपस्थिति रहेको थियो । तर महोत्सवको अन्तिम समयसम्म राजेश हमाललाई हेर्ने भनेर कार्यक्रम स्थल भित्र कुरेर बसेका दर्शकहरु राजेश हमाल नआएपछि निराश हुँदै फर्किए । जसले गर्दा अहिले सामाजिक संजालहरूमा समेत राजेश हमालकाे नाम बेचेर सल्यान उद्याेग वाणिज्य संघले व्यापारकाे लागि ठगि धन्दा गरेकाे भन्दै आलाेचना गरिएकाे छ ।

यसैक्रममा सल्यान उद्याेग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष दिपक बाेहरा र सदस्य डम्बर केसीले फेसबुकमा स्टाटस लेख्दै संघ भित्रका केहि व्यक्तिहरूले महाेत्सव आफुखुसी चलाएकाे आराेप लगाएका छन् । पैसाकाे लागि दर्शकहरूलाइ ढाँट्ने काम गरेकाे उनिहरूले आराेप लगाएका छन् ।

उपाध्यक्ष दिपक बाेहराले लेखेका छन्, “हामी आफैले आयोजना गरेको मेला केहि नबुझेरै सिकियाे, हुँदाहुँदा आज मुख्य कलाकार आई सक्यो भनेर सल्यानी दर्शक ठक्ने काम पनि गरे छन् साथीहरु ।

त्यस्तै सदस्य डम्बर केसीले लेखेका छन्, “मुर्ती बनाएर छोड्यौ । तिम्रो राम राज्य तिमी आफै चलाउ र आज दर्सक प्रती गरेको धोकाको, आज काटेको टिकटको पैसा फिर्ता गर्ने हिम्मत गर ।

याे पनिः राजेश हमाल आउछन्’ भनेर सल्यान महाेत्सवमा हजाराैं दर्शकलाई ठगेपछि…