विप्लव निकट अखिल क्रान्तिकारीद्वारा आज १४ गते देशभरी शैक्षिक संस्था बन्द

फागुन १४, सल्यान । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) सल्यानले आज फागुन १४ गते आम शैशिक हड्तालको घोषणा गरेको गरेको छ । संगठनले केन्द्रीय कार्यक्रम अनुसार नै गिरफ्प्तार गरिएका आफ्ना नेता तथा कार्यकर्ताहरुलाई रिहाईको माग गर्दै साे संगठनले शैक्षिक संस्था बन्दकाे घाेषना गरेकाे हाे ।

अखिल (क्रान्तिकारी)  सल्यानका अध्यक्ष गणेश क्षेत्रीद्धारा हस्ताक्षेर विज्ञप्तिमा देशभरी जस्तै सल्यान जिल्ला भित्र पनि सम्पुर्ण शैक्षिक संस्था बन्द हुने जनाइएकाे छ । संगठनका केन्द्रीय अध्यक्ष चिरञ्जीवि ढकाल र केन्द्रीय कोषाध्यक्ष नरेन्द्र वि.क.लगाएत संगठनका नेता, कार्यकर्ता, समर्थक , शुभचिन्तकहरुलाई बिनाकारण गिरफ्तार गरेकाे भन्दै विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

यसैबीच अखिल क्रान्तिकारी सल्यानले शैक्षिक हड्तालकाे पुर्व सन्ध्यामा मंगलबार राति जिल्लाका विभिन्न ठाउँमा राखे जुलुस बलेकाे जनाएकाे छ ।