सौगात सायरको तिर्खा मेट्यो मुलको पानीले बजारमा (भिडियो सहित)

फाल्गुन,२७ दाङ – आधुनिक गायक सौगात सायरको नयाँ गीत ‘तिर्खा मेट्यो’ मुलको पानीलेको म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ । डान्सिङ्ग भर्जनको उक्त गीतमा गायक सौगातको स्वर, लय र संगीत रहेको छ । प्राय भावुक गीत गाउने गायक सायरको यो भने झुमेर नाच्ने डान्सिङ गीत रहेको उनले बताए ।

गीतको म्यूजिक भिडियोमा अभिषेक आले मगर र स्नेहा थापाको मूख्य अभिनय रहेको छ । नजलाउ व्यर्थै छाती,तिमी फुल्यौं कतै म फुुले कतै,इतिहासको कुनै एक पानामा ,प्रियसी लगाएत चर्चित तथा सफल गीत गाएका सौगात सायर युवा पुस्ताका निकै चर्चित गायक हुन ।

पछिल्लो समयमा विभिन्न सांस्कृतिक कार्यक्रममा व्यस्त उनको नयाँ गीतले पनि धेरै मन जित्ने विश्वास व्यक्त गरे । प्रदेश ५ को बुटवलमा रहेर निरन्तर सांगितिक यात्रालाई अघि बढाएका सौगात गायनसँगै लय र संगीतमा पनि दख्खल राख्दछन । भिडियो हेर्नुस:-