अन्तर्राष्ट्रिय हवाइ सेवा र लामो दुरीको यातायात बन्द गर्ने घोषणा

चैत्र ७, काठमाडौं । सरकारले नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय उडान स्थगित गर्ने घोषणा गरेको छ । आगामी चैत ९ गतेदेखि चैत १८ गतेसम्मका लागि अन्तराष्ट्रिय उडान स्थगित गरिएको हो ।

कोरोनाका त्रास फैलिरहेको बेला सतर्कता अपनाउनका लागि यो निर्णय गरिएको प्रधानमन्त्रीले शुक्रबार देशबासीलाई सम्बोधन गर्दै जानकारी गराए ।

उनले सीमा नाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखि संक्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्य जाँचको व्यवस्था गरिएको पनि जानकारी दिए । यस सम्बन्धमा न्धिमा छिमेकी देश भारत र चीनसँग आवश्यक समन्वय गरिने पनि प्रधानमन्त्रीले जानकारी दिए ।

त्यस्तै, आगामी चैत १० गतेदेखि केही समयका लागि लामो दुरीका यातायात बन्द गर्ने पनि निर्णय गरिएको प्रधानमन्त्री ओलीले जानकारी दिए ।