कोरोनाबाट मृत्युु हुनेको संख्या १३ हजार नाघ्यो, ३ लाख संक्रमित


चैत्र ९, काठमाडौं । कोरोनाका कारण विश्वभरी मृत्यु हुनेको संख्या१३ हजार ३२ पुगेको छ भने संक्रमित हुनेको संख्या ३ लाख नाघेको जोन्स हपकिन्स विश्वविद्यालय तथा मेडिसिन कोरोना भाइरस रिसोर्स सेन्टरलाई उद्धृत गर्दै सीएनएनले लेखेको छ ।

चीन, इटली र त्यसपछि स्पेनमा सर्वाधिक धेरै संक्रमित देखिएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या भने इटली, चीन र ईरानमा छ ।

इटलीमा शनिबारसम्म ५३ हजार ५ सय ७८ मा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये ४ हजार ८ सय २५ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकामा हालसम्म यस भाइरसको संक्रमणबाट ३ सय २ जनाले ज्यान गुमाइसकेका छन् । बेलयातमा पनि यसबाट संक्रमित हुनेको संख्या ५ हजार १८ पुगेको छ भने २ सय ३३ जनाले ज्यान गुमाइसकेका छन् ।

कोरोनाको बढ्दो महामारीसँगै विश्व अर्थतन्त्र धरासायी हुने जोखिम विज्ञहरुले औल्याएका छन् ।
-एजेन्सी