उच्च सावधानी अपनाउन वडा अध्यक्ष न्यौपाने द्धारा वडावासीमा आग्रह

शिव राज खनाल, दाङ ११ /कोरोना भाईरसका कारण विश्व नै आक्रान्त भैरहेकाले वेला त्यसको उच्च सावधानी अपनाउन र अत्यावश्यक काम बाहेक अनावश्यक बाहिर न निस्कन लमही नगरपालिका अन्तर्गत वडा नं.४ को कार्यालयले आफ्ना सम्पुर्ण वडावासीहरुमा आग्रह गरेको छ । कोभिड–१९ को प्रभाव निकै तिव्र रुपमा फैलिरहेकाले सम्पुर्ण वडा वासीहरुमा सजकता अपनाउन आग्रह गरिएको वडा नं.४ का वडा अध्यक्ष सुबास न्यौपाने वताउनु भएको छ ।

साथै वडाध्यक्ष न्यौपानेले विभिन्न मुलुकहरु वाट वडा भित्र आउने नागरिकहरुको अभिलेख राखिने वताउँदै, उहाँले वडावासीहरुलाई विशेष सावधानी अपनाउन आग्रह गर्दै यसलाई मजाकको रुपमा नलिन समेत अपिल गर्नुभएको छ । यस्तै वडा अध्यक्ष सुबास न्यौपाने ले कोरोना भाईरसको लक्षण देखापरेको शंका लागेमा नजिकै को स्वास्थ सस्थामा सम्पर्क राख्न समेत अनुरोध गर्नुभएको छ ।