उच्च सावधानी अपनाउन चेम्बरका अध्यक्ष न्यौपाने द्धारा नगरवासीमा आग्रह

दाङ ११/कोरोना भाईरसका कारण विश्व नै आक्रान्त भैरहेकाले वेला त्यसको उच्च सावधानी अपनाउन र अत्यावश्यक काम बाहेक अनावश्यक बाहिर ननिस्कन लमही चेम्बर अफ कमर्स ले सम्पुर्ण व्यापारी लगाएत नगर वासीहरुमा आग्रह गरेको छ ।

कोभिड–१९ को प्रभाव निकै तिव्र रुपमा फैलिरहेकाले व्यापारी बर्गहरु उपभोक्ता लगाएत सम्पुर्णहरुमा सजकता अपनाउन आग्रह गरिएको लमही चेम्बर अफ कमर्सका अध्यक्ष अजय न्यौपाने वताउनु भएको छ । लमही चेम्बर अफ कमर्सका अध्यक्ष न्यौपानेले अहिले को यो अबस्थामा सबै नगर वासीहरुलाई विशेष सावधानी अपनाउन आग्रह गर्दै यसलाई सामान्यरुपमा नलिन समेत अपिल गर्नुभएको छ ।

टेलीफोनमा पत्रकार संग कुराकानी गर्दै पटक – पटक हात धुन र सरसफाइ मा विशेष ध्यानदिन अत्यावश्यक काममा मात्र बाहिर निस्कन समेत आम नगरबासिमा अनुरोध समेत गर्नुभयो । साथै व्यापारी बर्ग हरुमा उपभोक्ता लाई अति आबस्यक चिज बस्तु हरु सहज र सुलभ दरमा उपलब्ध गराउन समेत आग्रह गर्नुभयो । यस्तै चेम्बर अध्यक्ष न्यौपाने ले कोरोना भाईरसको लक्षण देखापरेको शंका लागेमा नजिकै को स्वास्थ सस्थामा सम्पर्क राख्न समेत अनुरोध गर्नुभएको छ ।