प्रसासनले तोकेको ३ घन्टामा तुलसीपुरमा सामान्य चहलपहल

पूर्ण के.सी. चैत १२, दाङ ।

जिल्ला प्रसासन कार्यालय दाङले बिहान ६ बजे देखी ९ बजे सम्मको समयलाई दैनिक उपभोग्य बस्तु किनमेलको समय तोके संगै तुलसीपुर बजारमा नागरिकको चहलपहल देखिन्थ्यो ।

सरकारले एक साता मुलुक लकडाउन गरेपछि मानिसहरू आवश्यक दैनिक उपभोग्य सामान किन्न बिहानै बजार पुगेका थिए ।

यो ३ घन्टाको समयमा प्रसासनले किनमेलको लागी हिड्न नागरिकलाई छुट गरेको थियो । कोरोनाका कारण अहिले बिश्वभर माहामारी फैलिएको छ । नेपाल पनि उच्च जोखिममा रहेको बताईएको छ । नेपालमा २ जनालाई कोरोना देखीएपछी सरकारले लकडाउनको कदम उठाएको हो ।

नेपाल सरकारले यो बिपतको घडीमा धैर्य गर्न र काेठामा सुरक्षित रहन बाहिर ननिस्कन भनेको छ । तर कतिपयले अटेर गर्ने गरेका छ्न ।